प्रहरीसँगको ‘मुडभेड’ मा केही अघि मारिए ‘गुन्डा नाइके’ मनोज पुन । देवदहका दुर्गा तिवारी र वसन्त पौडेलको हत्या गरेका भनिएका उनले आफू नमारिएको भए अझै केहीलाई सिध्याउने योजना बनाएको रहस्य खुलेको छ ।
पुस १४ मा रातारात बाँडिएको एउटा हस्तलिखित ‘पर्चा’ अनुसार देवदहका मेयर हिरा केसी र पत्रकार एवं नेकपाका नेता सिद्धिचरण भट्टराईको हत्या गर्ने योजना मनोज पुनले मान्छे प्रयोग गरेर बनाएको को खुलासा भएको छ । उक्त पर्चाले त्यस क्षेत्रका मानवअधिकारकर्मी, नागरिक समाजका र देवदहलगायत रुपन्देही क्षेत्रका सर्वसाधारण तरंगित भएका छन् ।
यस्तो छ त्यस क्षेत्रमा सनसनी मच्चाएको हस्तलिखित ‘पर्चा’–
हत्यामा आफू नै संलग्न भएको दावी गरेका बिजु थापाको घरमा पक्राउ पुर्जी टाँसिएको समेत सोही ‘पर्चा’ मा उल्लेख छ र आफूलाई हत्यामा संलग्न गराउने तुलसीराम न्यौपानेलाई पक्राउ गरी जेल हाले आफूले पनि अदालतसमक्ष आत्मसर्मपण गर्ने व्यहोरा त्यसैमा उल्लेख छ ।
देवदह खानेपानी संस्थाको निर्वाचनको गरमागरम माहौलबीच १६ डिसेम्बरको मिति उल्लेखित सो पर्चा राति वितरण गरिएको बुटवलबाट प्राप्त समाचारमा उल्लेख छ ।