newskoseli.Com

सुमार्गीले नगद झिकिसकेपछि ‘रोक्का कायमै राख्न’ सर्वोच्चको आदेश !

चर्चित उद्यमी अजेयराज सुमार्गीको मुक्तिश्री सिमेन्ट उद्योगमा आएको वैदेशिक लगानीको रकम नरोक्नू भनी सर्वोच्च अदालतले दिएको अल्पकालीन अन्तरिम आदेशलगत्तै सुमार्गीले बैंकबाट रकम निकालिसकेपछि सर्वोच्चले फेरि उक्त आदेशलाई निरन्तरता दिन अस्वीकार गरी सो रकम ‘रोक्का नै राखिराख्न’ आदेश दिएको छ ।

प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश डा. आनन्दमोहन भट्टराईको संयुक्त इजलासले मंगलबार सो उद्योगमा लगानीका रुपमा आएको रकम नरोक्नू भन्ने अल्पकालीन अन्तरिम आदेश त्रुटिपूर्ण भएको उल्लेख गर्दै अन्तरिम आदेशलाई निरन्तरता दिने अस्वीकार गरेको हो ।

न्यायाधीश दीपकराज जोशीको इजलासले पुस १० मा सो वैदेशिक लगानी रकम नरोक्नू भनी अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । सर्वोच्च अदालतले दुवै पक्षलाई छलफलका निम्ति मंगलबार बेलाएको थियो । सुनुवाईपछि संयुक्त इजलासले पहिलो सुनुवाईमा दिएको अल्पकालीन अन्तरिम आदेश खारेज गरेको हो ।

जोशीको इजलासले सो उद्योगको खातामा विदेशबाट जम्मा भएको ७५ लाख अमेरिकी डलर भुक्तानी नरोक्न राष्ट्र बैंकलाई अल्पकालीन अन्तरिम आदेश दिएको थियो । सर्वोच्चका अल्पकालीन अन्तरिम आदेशको केही दिनमै सुमार्गीले सबैजसो रकम बैंकबाट निकालिसकेका छन् ।

सुर्खेतमा रहेको सिमेन्ट उद्योग सञ्चालन गर्न ४ करोड ५० लाख अमेरिकी डलर सुमार्गीको खातामा जम्मा भएकोसम्बन्धी खबर राससले सम्प्रेषण गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर