newskoseli.Com

नेकपा संसदीय दल : प्रमुख सचेतकमा अधिकारी, सचेतकमा गुरुङ

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले गण्डकी प्रदेशसभामाको संसदीय दलमा प्रमुख सचेतक र सचेतक चयन गरेको छ ।

नेकपा कास्की जिल्ला पार्टी कार्यालयमा मंगलबार साँझ अबेर सम्पन्न संसदीय दलको बैठकले प्रमुख सचेतकमा मायानाथ अधिकारी र सचेतकमा गायत्री गुरुङलाई चयन गरेको जानकारी प्रदेशसभाका सदस्य रामजीप्रसाद बरालले दिए ।

साविक नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकतापछि दलको नेतामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ चयन भइसकेका थिए । नेकपामा दलको उपनेता र संसदीय बोर्डको गठन गर्न बाँकी छ । अधिकारी यसअघि पनि एमालेका तर्फबाट दलको प्रमुख सचेतक थिए भने गुरुङ माओवादीका तर्फबाट प्रमुख सचेतक थिइन् ।

दलको बैठकमा सरकारको काम–कारबाही, अन्तरप्रदेश समन्वय परिषदको हालै सम्पन्न बैठकका निर्णयलगायतका विषयमा दलका नेता समेत रहेका मुख्यमन्त्री गुरुङले सदस्यलाई जानकारी गराएको जानकारी बरालले दिए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर