newskoseli.Com

मोटरसाइकलद्वारा भाडा लिएर यात्रुलार्इ ‘सेवा’ : ट्राफिक प्रहरीले सुरु गर्‍यो कारबाही

नियमविपरीत भाडा लिएर यात्रु बोक्ने मोटरसाइकललाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले कारबाही सुरु गरेको छ ।

उवर, टुटल, पठाओलगायतका मोबाइल ‘एप्स’ सञ्चालन गरी मोटरसाइकलवालाहरुले यात्रु बोक्ने गरेको विशेष सूचनाका आधारमा चार वटा मोटरसाइकललाई कारबाही गरिएको हो । महाशाखाले बा २६ प ९९४६, बा ३५ प ८०३४, बा ९३ प ८५१९, लु २० प ७६३४ र प्रदेश ३–०२–००३ प ६५८२ नम्बरको मोटरसाइकलका चालकलाई कारबाही गरेको छ ।

निजी सवारी साधनले पैसा लिएर यात्रु बोक्न नपाइने भएकाले कारबाही गरिएको महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्त पन्तले जानकारी दिए । यातायात व्यवस्था ऐन, २०४९ को दफा ८ को उपदफा १ बमोजिम दर्ता भएका सवारी साधनले उपदफा २ बमोजिम यातायातका सेवा प्रदानका लागि प्रयोग गर्न नपाइने व्यवस्था गरेकाले सोही अनुसार कारबाही गरिएको जानकारी पन्तले दिए ।

कारबाही गरिएका मोटरसाइकल चालकलाई १ हजार रुपैयाँसम्म जरिवना गरिएको महाशाखाले जनाएको छ । यसरी भाडामा यात्रु बोक्ने मोटरसाइकल धेरै रहेको भन्दै महाशाखाले यस्ता सवारी साधनमाथि विशेष कारबाही अभियान सुरु गरेको छ । निजी सवारी साधनले यात्रु बोक्दा सार्वजनिक सवारी साधनलाई समस्या परेको नेपाल मिटर ट्याक्सी सङ्घका अध्यक्ष अर्जुन गौतमmे बताएको राससले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर