newskoseli.Com

जातीय विभेदमा ‘थर’ : ऐनामा हेर्दा आजको समाज !

सचेतनाका हिसाबले हाम्रा बाउ–बाजेको पालामा जस्तै नामका पछाडि लेखिने थरको लेखाइमा निकै फेरबदल भएको छ । यद्यपि कथित कुलीन वर्गमा थरलाई पहिल्यैदेखि निकै व्यवस्थित तथा मर्यादित तरिकाले उल्लेख गरिन्थ्यो । गाउँघरमा उपलब्ध पुराना लेखोटहरू हेर्दा वा थर उच्चारण गर्दा पनि यस कुरालाई राम्ररी बुझ्न सकिन्छ । जनगणनाको तथ्याङ्क संकलन गर्दा होस् वा अन्य सरकारी प्रयोजनका लागि गणकहरू गाउँ गएर जनताको नामावली उतार्दा गणकहरूले स्थानीयहरूको नामका पछाडि झुन्ड्याइदिने थरको सग्लो वा विकृत रुपले नै सामाजिक मर्यादाको श्रेणी मापन गर्न सकिन्छ । तीन पुस्तामध्ये बाजे रिठे कामी, बाबु गुने सुनार र नाति वसन्त गहतराज । आज पनि एकै परिवारका सदस्यको तीन–चार थर कायम भएका उदाहरणहरू प्रशस्त छन्– दुधराज, राज, खड्का, घिमिरे ।

जनगणनाको तथ्याङ्क संकलन गर्दा होस् वा अन्य सरकारी प्रयोजनका लागि गणकहरू गाउँ गएर जनताको नामावली उतार्दा गणकहरूले स्थानीयहरूको नामका पछाडि झुन्ड्याइदिने थरको सग्लो वा विकृत रुपले नै सामाजिक मर्यादाको श्रेणी मापन गर्न सकिन्छ । तीन पुस्तामध्ये बाजे रिठे कामी, बाबु गुने सुनार र नाति वसन्त गहतराज ।

नेपाली समाजमा ‘उत्पीडित’ समुदायलाई ‘गोत्र’ बाहेक ‘थर’ पनि हुन्छ भन्ने कुराको जानकारी थिएन वा जानकारी हुन नै दिइएन । जानकारी भए पनि नाम लेख्दा गोत्र लेख्ने चलन हुँदैन । थर लेख्नका लागि यो समुदाय अभ्यस्त भइसकेको थिएन । गोत्र बाहेक थरमा भएको विविधताले नाममा आउने गरिमा वा गौरवबोध हुने कुराको बोध नहुनाले पनि थर नलेखिएको हो । सामाजिक हैसियतमा यस समुदायलाई सत्ता वा प्रशासनका कर्मचारीहरूले प्रचलित थर बाहेक थर–गोत्र लेख्न दिने छुट पनि नदिएका प्रशस्त उदाहरण छन् । पाल्पाका ‘पौडेल’ थरका विश्वकर्माहरूले पौडेल लेख्न निकै पापड बेल्नु परेको थियो । तर, यस्तो किसिमको थर–गोत्रको विभेद कथित सवर्ण समुदायमा भने देखिएको छैन ।

बाहुनका अनेक थर छन् । क्षेत्री समुदाय दर्जनौं थरबाट परिचित छन् । वैश्य समुदाय पचासौं थरबाट परिचित छन् । तर, उत्पीडित समुदाय भने पहाड होस् वा मधेश, परापूर्व कालदेखि नै थरको एकसूत्रीय पहिचान बोकेर हिँड्न बाध्य छन् । यो बाध्यता प्राकृतिक भन्दा सिर्जित हो भन्ने कुरामा दुईमत छैन । उत्पत्ति, उद्गम, बसोवास र पेशाका हिसाबले थर कायम भएको भन्ने मान्यता छ समाजमा । तर, उत्पीडित समुदायलाई भने सदियौंदेखि थर लेख्नबाट वञ्चित गराई जातीय अपहेलनाको सामन्ती सूत्र कायम गरियो । यो प्रचलन आजसम्म कायम छ ।

चलिआएको चलनको अड्को थापेर कामी, दमाइँ, सार्की आदि लेखिदिने र महिलाहरूलाई कमिनी, दमिनी वा सर्किनी लेखिदिएर ‘थर’ को समेत लिङ्ग कायम गर्ने विभेदपूर्ण चलन नेपालमा छ ।

जातीय अपहेलनाको यो नाङ्गो रुप लिङ्गीय रुपमा पनि प्रकट भएको छ । प्रशासनका क्षेत्रमा काम गर्ने कर्मचारीहरूको उत्पीडित समुदायप्रतिको उपेक्षाभावले मूलतः आगोमा घिउ थप्ने काम गरेको छ । गणकहरूसँग आफ्नो थरको बेलिबिस्तार लगाएर अमूक थर लेखिदिन आग्रह गर्दा चलिआएको चलनको अड्को थापेर कामी, दमाइँ, सार्की आदि लेखिदिने र महिलाहरूलाई कमिनी, दमिनी वा सर्किनी लेखिदिएर ‘थर’ को समेत लिङ्ग कायम गर्ने विभेदपूर्ण चलन नेपालमा छ । पङ्क्तिकारकी आमाको पूरा नाम हिमकली सुनार हो । उहाँको नागरिकता २०५४ कात्तिक ४ मा बनेको हो । नागरिकतामा उपरोक्त नाम नै कायम भएको छ । तर, सामाजिक सुरक्षा भत्ताका लागि तत्कालीन अर्खले गाविसमा पासबुक बन्दा हिमी कामीको नामबाट बनेको छ र पछि कृषि विकास बैंक तम्घासमा पनि सोही नामबाट नै बैंक खाता खोलिएको छ । निःसन्देह, गाविसमा पासबुक बन्दा र बैंकमा खाता खोल्दा नागरिकता अनिवार्य हुन्छ । नागरिकताको नाम अनुसार खाता कायम हुन्छ । यसरी सबुत प्रमाण हुँदाहुँदै पनि नामथर लेखनमा समेत कन्जुस्याइँ गरिएको छ । यो सामाजिक उपेक्षाभावको पराकाष्ठा हो । तर, पछिल्लो समय भने सोही प्रयोजनका लागि प्रभु बैंकमा नयाँ खाता खोल्दा चाहिँ हिमकली सुनार भनेर पूरा नाममै खाता कायम भएको छ ।

थरको लिङ्ग हुँदैन । बाहिरी मुलुकको कुरा गर्ने हो भने अमेरिकी वा अंग्रेजहरूमा ‘स्मिथ’ एउटा थर हुन्छ । यो पुलिङ्ग–स्त्रीलिङ्ग दुबै हो । नेपाली समाजमा कामीकी जहानलाई कमिनी, दमाइँकी जहानलाई दमिनी, सार्कीकी जहानलाई सर्किनी, चमारकी जहानलाई चमार्नी भनेजस्तै स्मिथकी श्रीमती वा छोरी–बुहारीलाई स्मिथनी भनिँदैन । नामथर लेखनमा यस्तो किसिमको जातीय विभेदको चरम रुप पहाडी भूगोलका उत्पीडित समुदायले मात्र व्यहोर्नु परिरहेको छैन, तराईवासी उत्पीडित समुदाय समेत यस प्रपञ्चको शिकार भएका छन् । चमार समुदायका महिलाहरुलाई चमार्नी, मेत्तर समुदायका महिलाहरूलाई मेत्तर्नी तथा उत्पीडित समुदायमा गणना नभए तापनि क्षेत्रीय उत्पीडनका हिसाबले थारु समुदायका महिलाहरुलाई थरुनी भनेर हेप्ने प्रवृत्ति आज पनि ज्यूँका त्यूँ छ ।

जातिलाई लिङ्गीय रुप दिने प्रचलन भने अपवाद बाहेक कथित सवर्ण समुदायमा देखिँदैन । अपवाद नै सही, प्रचलनमा रहेछ भने पनि त्यसलाई सम्मानस्वरुपको जनबोलीका रुपमा लिने गरिन्छ । उदाहरणका लागि, बाहुनकी जहानलाई बाहुनी, क्षेत्रीकी जहानलाई क्षेत्रिनी, ठकुरीकी जहानलाई ठकुराइन् भन्ने गरिए तापनि पहिल्यैदेखि यी जाती–समुदायहरू कथित उपल्लो जाति–समुदाय भएका कारण सो सम्बोधन सम्मानबोधक ठहरिन्छ । अझै तराई तथा भारतीय समाजमा त झन् ठकुराइन भनेपछि उच्च सम्मान तथा प्रतिष्ठाको नजरले हेरिन्छ । हिन्दी सिनेमा, नाटक, टेलीसिरियलमा गर्वका साथ ठकुरी तथा क्षेत्रीका छोरी–चेलीहरूलाई ठकुराइन्, क्षेत्राणी आदिका रुपमा प्रस्तुत गरी जातीय श्रेष्ठताको शिरोधर गर्ने परम्परा कायम छ । यस्ता किसिमका सिनेमा, नाटक र सिरियलहरूले भारतीय समाजमा मात्र नकारात्मक सन्देशको प्रचार गर्दैनन्, नेपाली जातिवादीहरूलाई समेत जातीय अहंकार बचाईराख्न प्रेरित गर्दछन् ।

नेपाली समाजमा जीवनका हरेक क्रियाकलापमा नामले मात्र काम नचल्ने र नामसँगै थर पनि जोडिएर आउने भएकाले थर पनि नामसँगै आउँछ । यद्यपि साधारण हिसाबले लिने हो भने यो थर मान्छेको पहिचानको फुर्को बाहेक केही पनि होइन । उत्पत्ति, विकास, सभ्यता, सामाजिक संरचनाको निर्माण, सांस्कृतिक उद्भव र रुपान्तरण, भाषाको उत्पत्ति र विकास, बसोवास तथा स्थायित्व, जनसंख्या विस्तार र समुदायको निर्माण, कालान्तरमा वर्गीय संरचना र जात–वर्णको विभाजनका हिसाबले ‘आखिर नाममा के रहेको छ र ?’ भन्ने कथनलाई लोप्पा खुवाइरहेको छ ।

नेपाली तथा भारतीय हिन्दू समाजको परिप्रेक्ष्यमा नाम भन्दा पनि थर वा ‘सरनाम’ को फुर्कोलाई प्रमुखता दिएको पाइन्छ । भारतीय उत्तरपूर्वी राज्यहरूमा नामले सितिमित सम्बोधन गरिँदैन । कसैलाई बोलाउँदा, साहनीजी, शर्माजी, क्षेत्रीजी, खनालजी, बरुवाजी, बासुमतारीजी, सिंहजी, डेकाजी, सइकियाजी, भल्लाजीजस्ता नामले पुकारिन्छ । यस्तो किसिमको सम्बोधनले आफ्नै किसिमको अपनत्व बोकेको हुन्छ । यद्यपि नामको खोजी भने नगरिने होइन । तर, थरको सम्बोधनले जति प्रगाढ अपनत्व दर्शाउँछ, नामले त्यो आभाष दिँदैन । यसको कारण के हुन सक्छ भने हाम्रोमा जस्तो उत्तरपूर्वी भारतीय समाजमा वर्णात्मक श्रेणी कायम भए तापनि जातीय कट्टरता छैन । असमीया तथा अन्य जाति–जनजाति समुदायमा हाम्रो समाजमा जस्तो जातीय भेद्भाव छैन ।

नेपाली समाजमा भने कतै दुई अपरिचित मानिसको भलाकुसारी मूल नामले मात्र पूर्ण हुँदैन, थरमा पुगेर विश्रान्ति लिन्छ । मानिसको बसोवास, सामाजिक घुलमिल, बन्दव्यापार, छरछिमेक, नातासम्बन्ध, बिहेबारी, आर्थिक सम्भावना र सत्तामा पहुँचका लागि समेत थरले निकै अर्थ राख्छ । थरले आर्थिक विकासमा मात्र भाँजो हालेको छैन, सामाजिक सम्बन्धलाई समेत जटिल बनाइदिएको छ । ‘थर’ ले मानव विकासको परिसूचकाङ्कलाई समेत प्रभावित पारेको छ । ‘थर’ ले मार्क्सवादलाई पानीसरि पिएका पण्डितहरूलाई समेत लोप्पा खुवाएको छ । भूमिगतकालमा एउटै थालमा खाना खाएका ‘महान् कमरेड’ हरू क्रान्ति ‘सफल’ भएपछि पानी बाराबारको स्थितिमा पुगेका छन् । क्रान्तिकालमा गरिएका अन्तरजातीय विवाहहरू विच्छेदनमा परेका छन् । नगर वा जिल्ला कमिटीका बैठकहरूमा फल्ना कमेडसँग बसेर नास्तापानी गर्नु नपरोस् भनेर ‘घरैबाट खाएर आएको’ वा ‘पेट दुखेको’ बहानाबाजी सुरु भएका छन् ।

नेपाली समाजमा भने कतै दुई अपरिचित मानिसको भलाकुसारी मूल नामले मात्र पूर्ण हुँदैन, थरमा पुगेर विश्रान्ति लिन्छ । मानिसको बसोवास, सामाजिक घुलमिल, बन्दव्यापार, छरछिमेक, नातासम्बन्ध, बिहेबारी, आर्थिक सम्भावना र सत्तामा पहुँचका लागि समेत थरले निकै अर्थ राख्छ । थरले आर्थिक विकासमा मात्र भाँजो हालेको छैन, सामाजिक सम्बन्धलाई समेत जटिल बनाइदिएको छ ।

विदुर परियार आफ्नो समुदायमा मात्र होइन, समाजमै गतिलो पहिचान बनाएका मानिस हुन् । पत्रिकामा लेख्छन्, सभा–समारोहमा उपस्थित हुन्छन्, भाषण गर्दछन् । स्थानीय भएको नाताले बाहिरबाट आउने साथीहरूले धेरै कुराको आशा गरेका हुन्छन् । एक रातको बास, स–सानो नोकरी, सरसापटी आदि साथीभाइका अपेक्षा हुन् । यस्ता विषयमा सहयोग गर्न उनलाई औधी आनन्द लाग्दछ । तर, साथीभाइले डेरा खोजिदिन आग्रह गर्दा उनलाई प्राणै गएजस्तो लाग्दछ । धेरै पल्ट ‘परियारले कोठा खोजेपछि पक्कै परियार समुदायकै मान्छेलाई होला’ भन्ने घरबेटीको अनुमानले कोठा खालि भएर पनि उनी धेरै पल्ट अपमानित भएका छन्, हिस्सिएका छन् । परियारले नपाएको कोठा भोलिपल्ट नै क्षेत्रीले भने पाएको हुन्छ ।

त्यसैले हिजोआज उनी बाहिरबाट आएर कोठा खोजिदिन आग्रह गर्ने साथीहरुलाई विनम्रतापूर्वक आफैं खोज्न अनुरोध गर्दछन् । नकार्नै सकेनन् भने सम्भावित घरबेटीको घरमा गएर ‘मलाई फल्ना पौडेल, थापा वा मगर साथीले कोठा खोजिदिन भन्नुभएको छ’ भनी कुराको सुरुआत गर्दछन् ।

नामसँग जोडिएको ‘थर’ वाला फुर्काको करामत लेखी–भनी साध्य छैन । मन्त्री समेतले यस्तो नियति भोगिरहेका दृष्टान्त आइरहेकै छन् । चाहे सुदूरपश्चिम होस् वा काठमाडौंका गल्लीहरू नै किन नहोऊन् । हाम्रो समाजको अनुहारको अर्को पाटो हो योे ।

बुटवल, दीपनगर निवासी पिताम्बर खड्कासँग पनि नमिठो अनुभव छ । सानैदेखि कम्युनिस्ट पार्टीको संगतका कारण कम्युनिस्टहरू जातभात मान्दैनन् भन्ने विश्वास थियो उनमा । प्रकाण्ड मार्क्सवादी विद्वान् तथा उपल्लो स्तरका एक ब्राह्मण थरका कमरेडको घरमा कोठाहरू खालि छन् भन्ने थाहा पाएर कोठा चाहिएको साथीलाई लिएर उनी ती विद्वान् नेताको घरमा गएछन् । कुराकानी भयो । कोठाको दामकाम भयो । मिति तय भयो । तर, तोकिएको मितिमा सामान लिएर जाँदा विद्वान् मार्क्सवादी त भेटिएनन् । उनीहरूले थाहा पाएछन्, कोठा लिने मानिसको नामका पछाडि जोडिएको थर उत्पीडित ‘थर’ हो । उनकी जहानले पहिले नै अरुलाई कोठा दिइसकेको रामकहानी बडो नाटकीय ढंगले सुनाइन् । सामान बोकेको गाडी फिर्ता भयो ।

खैरेनी निवासी सन्तोष सुनार सो क्षेत्रका नाम चलेका सुन व्यवसायी हुन् । कारोबार जमेको छ । धेरैलाई रोजगारी दिएका छन् । ऐंचोपैचो–अर्मपर्म चलाउँछन् । पश्चिम बुटवलदेखि पूर्व वर्दघाटसम्म उनका ग्राहकहरू छन् । दोकानमा आउने ग्राहकलाई कमबेस रकमका लागि निराश बनाएर पठाउँदैनन् । ग्राहकमध्ये धेरैले उधारो चुक्ता गर्दछन् । तर, कसैले दिन आएन भने पनि ताकेताका लागि फोन–सम्वाद बाहेक घरआँगनमा कहिल्यै जाँदैनन् । दोकानमा आउने ग्राहकलाई चियापानी खुवाउँछन् । सँगै बसेर नास्तापानी गर्छन् । केही ग्राहकसँग नजिकको मित्रता भएको छ । खानपिन उठबस सबै चल्छ ।

‘थर’ ले मार्क्सवादलाई पानीसरि पिएका पण्डितहरूलाई समेत लोप्पा खुवाएको छ । भूमिगतकालमा एउटै थालमा खाना खाएका ‘महान् कमरेड’ हरू क्रान्ति ‘सफल’ भएपछि पानी बाराबारको स्थितिमा पुगेका छन् । क्रान्तिकालमा गरिएका अन्तरजातीय विवाहहरू विच्छेदनमा परेका छन् । नगर वा जिल्ला कमिटीका बैठकहरूमा फल्ना कमेडसँग बसेर नास्तापानी गर्नु नपरोस् भनेर ‘घरैबाट खाएर आएको’ वा ‘पेट दुखेको’ बहानाबाजी सुरु भएका छन् ।

तर, तिनै घनिष्ट मित्रहरूले घरमा सप्ताह लगाउँदा, छोराको ब्रतबन्ध, छोरीको टीकाटालो, जनैसुपारी अथवा टीकाटालो गर्दा उनलाई चटक्कै बिर्सन्छन् । उनका भाइ प्रविनले आफ्नो तीतो अनुभव सुनाउँदै थिए– ‘मेरो घरस“ग जोडिएको घरमा पूजा लाग्यो, बोलाएनन् तर प्रसाद पठाए; प्रसाद समाउन मन लागेन, फर्काएर लगे ।’ प्रविनले आवेगलाई थाम्न सकेनन् । दैलोमा आएको प्रसादलाई फर्काइदिए, ततक्षणका लागि यो मामुली घटनाजस्तो लाग्दछ । तर, सामाजिक सद्भावका हिसाबले मन्दविष हो यो । यसले नराम्रो प्रभाव पार्दछ । मनोमालिन्यको सिर्जना हुन्छ ।

यो आलेखको उद्देश्य नेपालको संविधानमा जातीय समता सम्बन्धमा के लेखिएको छ भन्ने कुराको जानकारी गराउनु होइन । न त जातीय छुवाछुत तथा कसुर सजाँय ऐन, २०६८ लाई नै सम्झाउनु हो । अहिले त झन् मुलुकी संहिताले पुरानो मुलुकी ऐनलाई प्रतिस्थापन गरेको छ । छुवाछुत तथा भेदभाव गर्नेलाई जेल सजाय तथा जरिवाना बढाइएको छ । सामाजिक सद्भावका कार्यक्रमहरू आयोजना गरी समाजलाई छुवाछुतमुक्त गर्न पहल गरिएको छ ।

तर, यहाँ त अगुवा नै ढोंगी भएर पो कुरा भुमरीमा फसेको छ । आफूलाई खाँटी कम्युनिस्ट भन्नेहरू, शासनसत्तामा रमाएकाहरू, समाजमा अगुवा भनेर चिनिनेहरू, संघ–संस्थाका पदाधिकारीहरू, समाज विकासको लम्बेतान व्याख्या गर्दै प्रशिक्षकको भूमिका निर्वाह गर्दै हिँड्ने विद्वानहरूले मामुली कोठाभाडामा समेत जातको ‘पवित्रता’ लाई बचाउन खोज्छन् भने दूरदराजका अपठित, अशिक्षित कथित उच्च जातिहरूको मनोदशा झन् कस्तो होला ?

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर