newskoseli.Com

साथीको बन्दुक पड्किँदा साथीकै मृत्यु

सँगै शिकार खेल्न गएका साथीले बोकेको बन्दुक पड्किँदा एक युवकको ज्यान गएको छ ।

शिकार खेल्ने क्रममा साथीले बोकेको बन्दुक पड्किएर फक्ताङलुङ गाउँपालिका– ४, इखाबुका ३७ वर्षीय देवीबहादुर लिम्बूको मृत्यु भएको जानकारी प्रहरी नायब उपरीक्षक सञ्जयसिंह थापाले दिएका छन् । बन्दुकको छर्रा लागेर लिम्बूको घटनास्थलमै ज्यान गएको हो ।

शिकार खेल्न सँगै निस्किएका सुरेन्द्र तामाङले लोड गरेर बोकेको बन्दुक हातबाट झरेर पहरामा ठोक्किँदा सो बन्दुक पड्किएर छर्राले लागेपछि लिम्बूको मृत्यु भएको थापाले बताए । तामाङलाई शुक्रबार जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको थापाले बताएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर