newskoseli.Com

४ महिनाको गर्भपतन गराउने ६ जनालाई ३–३ महिना कैद

शम्भुनाथ नगरपालिका– २, खैरबोना, सप्तरीकी २८ वर्षीया पुनमदेवी साहको गर्भपतन गराउने ६ जना आरोपितलाई जिल्ला अदालतले आइतबार कैद सजायको फैसला गरेको छ ।

कुटपिट गरी ४ महिनाको गर्भपतन गराएको आरोपमा जिल्ला न्यायाधीश कमलप्रसाद ज्ञवालीको इजलासले सोही ठाउँकी ४८ वर्षीया रफिदन खातुन, निजका छोरा लुकमान मियाँ, छोरी महिरून खातुन, मो जालम मियाँ, जमिला खातुन र भुवन साहलाई जनही ३ महिना कैद सजायको फैसला गरेकोे छ ।

आफ्नो घर छेउमा कथित बोक्सीलाई घर बनाएर बस्न नदिने भन्दै आरोपितले कुटपिट गरी गर्भपतन गराएको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि प्रहरीले कारबाही प्रक्रिया बढाएको थियो । आरोपितमध्ये रफिदन २०७३ माघ १९ मा पक्राउ परेकी थिइन् भने पक्राउ नपरेका अन्य आरोपितविरुद्ध जिल्ला अदालतले म्याद पुर्जी जारी गरेपछि अदालतमा हाजिर भएका थिए ।

आरोपितहरू तत्कालीन जिल्ला न्यायाधीश रोशन गजुरेलको आदेशमा धरौटीमा रिहा भएका थिए । पीडितको रुपनी र राजविराजस्थित अस्पतालमा उपचार भएको थियो भने गर्भपतन भएको भ्रूणको शव परीक्षण धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर