newskoseli.Com

सत्ताधारी नेकपाका प्रवक्ताकै असन्तोष : ‘पार्टीमा अराजकता मौलायो’

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले एकीकरण निष्कर्षमा नपुग्दा पार्टीभित्र अराजकता मौलाएको गुनासो गरेका छन् ।

तनहुँको दमौलीमा आइतबार कार्यकर्तासँगको भेटघाटमा प्रवक्ता श्रेष्ठले पार्टी एकीकरणको सम्पूर्ण कार्य अवरुद्ध भएकाले पार्टीमा अराजकताले स्थान पाएको बताए । पार्टी सङ्गठन नबन्दा कार्यकर्तामा निराशा आएको भन्दै पार्टी सचिवालयको बैठकले एकीकरणको सम्पूर्ण प्रक्रिया पूरा गर्ने उहाँले बताए ।

कार्यदललाई एकीकरणको प्रक्रिया पूरा गर्ने जिम्मेवारी दिए पनि कार्यदलले कुनै निष्कर्ष निकाल्न नसकेको भन्दै प्रवक्ता श्रेष्ठले अब सचिवालयले नै सबै काम टुङ्गो लगाउने बताए । चिकित्सा शिक्षा विधेयकमा डा. केसीका पहिलेका मागहरु सबै सम्बोधन भइसकेको भन्दै अब अनशनको नाममा रडाको मच्चाइरहनुको कुनै औचित्य नभएको प्रवक्ता श्रेष्ठले बताएको खबर राससले प्रेषित गरेका छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर