ललाइफकाई बालविवाह गराएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीका अनुसार माघ १० मा घोराहीस्थित मामाघरमा जाँदा १६ वर्षिया बालिकाको घोराहीका २२ वर्षीया गणेश चौधरीसँग विवाह गरिदिएको आरोपमा कमली चौधरी र विवाह गर्ने गणेश चौधरी पक्राउ परेका हुन् ।
चौधरीले विभिन्न प्रलोभन देखार्इ जवर्जस्ती विवाह गरिदिएको आरोपमा जाहेरी परेपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो । बालिकाको विवाह गर्ने–गराउने दुवै जनालाई ‘बालविवाह’ अन्तर्गत मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको जानकारी प्रहरी नायव उपरीक्षक घर्तीले दिएको खबर राससले प्रेषित गरेको छ ।