newskoseli.Com

पारस शाहलाई तेस्रो पटक हार्ट एट्याक : स्वास्थ्यस्थिति सुधारात्मक

तेस्रो पटक सोमबार हार्ट एट्याक (हृदयाघात) भई अस्पताल भर्ना भएका पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा सुधार आएको अस्पतालले जनाएको छ ।

शाहको बन्द रहेको मुटुको अवरोध खुलाउन कोरोनरी एन्जियोप्लास्ट सकिएसँगै उनको अवस्थामा सामान्य सुधार आउन थालेको नर्भिक इन्टरनेसनल अस्पतालका डेपुटी जनरल म्यानेजर रामप्रसाद मैनालीले मंगलबार जानकारी दिएका छन् ।

पारसलाई यसअघि नै दुई पटक हृदयाघात भएर उपचार भइसकेको छ । शाहको उपचारमा प्रा.डा. यादवदेव भट्टको नेतृत्वमा डा. जेपी अग्रवाल, डा. नग्मा श्रेष्ठ, डा. सन्तोष श्रेष्ठलगायतको टोली खटिएको अस्पतालले जनाएको छ ।

एक्कासि छाती दुखेपछि पूर्वयुवराज शाह सोमबार अपराह्न अस्पताल भर्ना भएको राससले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर