newskoseli.Com

खप्तड घुम्न जाने हो ? हेलिकप्टरको व्यवस्था छ है !

सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तड घुम्नका लागि हेलिकप्टरको व्यवस्था गरिएको छ ।

डोटी चेम्बर अफ कमर्सले दीपालयमा आयोजना गर्न लागेको प्रादेशिक महोत्सवमा खप्तड घुम्न जाने पर्यटकका लागि हेलिकप्टरको व्यवस्था गरिएको जानकारी कमर्सका अध्यक्ष खगेन्द्रबहादुर साउदले दिए । उनले भने– ‘खप्तडसम्म हिँडेर जान नसक्ने र छोटो समयमा नै खप्तड घुम्न चाहने पर्यटकलाई ध्यानमा राखेर हामीले हेलिकप्टर सेवा दिने योजना बनाएका छौं, त्यसका लागि हेलिकप्टर पनि बुक भइसकेको छ ।’

फागुन १७ देखि २७ सम्म सञ्चालन हुने महोत्सवमा यहाँको प्रमुख पर्यटकीयस्थल खप्तड लगायतका क्षेत्र घुम्न जाने पर्यटकका लागि हेलिकप्टर बुकिङ गरिएको बताइएको छ । नेपाल भम्रण वर्ष, २०२० लाई सफल पार्ने उद्देश्यका साथ चेम्बर अफ कमर्सले दीपायलदेखि खप्तडसम्मका लागि ११ दिनसम्म हेलिकप्टर सेवा सञ्चालन गर्ने जनाएको छ ।

खप्तड पुग्ने पर्यटकको सुविधाका लागि प्राथमिक स्वास्थ्य सेवा पनि प्रदान गरिने भएको छ । त्यहाँ जाने पर्यटकलाई थप सुविधाका लागि खप्तडमा घोडचढीको व्यवस्था समेत मिलाइने जानकारी कमर्सका उपाध्यक्ष नवीन श्रेष्ठले दिएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर