newskoseli.Com

६६६४ ट्याक्सी चालकमाथि राजधानीमै कारबाही !

विभिन्न बहानामा यात्रुलाई ठग्ने ६ हजार ६ सय ६४ ट्याक्सी चालकलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले कारबाही गरेको छ ।

कानुनविपरीतका कार्य गरी मिटरमा जान नमान्ने, मिटर बिगार्ने, भाडामा अनियमितता गर्ने, बढी भाडा लिने यो संख्याका ट्याक्सीका चालकलाई चालु आर्थिक वर्षमा महाशाखाको टोलीले कारबाही गरेको हो । महाशाखाले आ.व. २०७२–७३ मा २ हजार ७ सय ९५, २०७३–७४ मा ४ हजार ५ सय १८ र २०७४–७५ मा ८ हजार १ सय २० ट्याक्सी चालकलाई कारबाही गरेको थियो ।

यात्रुसँग मोलमोलाइ गरी बढी भाडा लिने ट्याक्सी चालकका लागि विशेष अभियान सञ्चालन गरी कारबाही गरिएको महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्त पन्तले बताए । ‘बढी भाडा लिने ट्याक्सी जाँचका लागि दैनिक ४० देखि ५० ट्राफिक प्रहरीलाई पठाउँदै आएका छौं’– उनले भने ।

बढी भाडा लिने ट्याक्सी चालकसँग ट्राफिक प्रहरीले ३ हजार रुपैयाँ जरिवाना गर्ने गरेको छ । बढी भाडा लिएर ५ पटकभन्दा बढी कारबाही पर्ने ट्याक्सी चालकको सवारी चालक अनुमतिपत्र निलम्बनका लागि यातायात व्यवस्था कार्यालयमा सिफारिस गर्ने गरिएको महाशाखाले जनाएको छ ।

मिटरमा जान नमान्ने, ट्याक्सीको मिटर बिगार्ने र बिग्रेको मिटर समेत समयमा नबनाउने ट्याक्सी चालकलाई भने ५ सयदेखि १ हजार ५ सय रुपैयाँसम्म जरिवाना गर्ने गरिएको पन्तले बताए । ट्याक्सी प्रयोग गर्दा बढी भाडा लिए, मिटरमा जान नमाने र यात्रुले चाहेको स्थानमा जान नमाने तत्काल खबर गर्न महाशाखाले आग्रह समेत गरेको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर