newskoseli.Com

अख्तियारको नियन्त्रणमा असर्इसा’ब, ठाउँका ठाउँ फरार !

दस हजार रुपैयाँसहित रङ्गेहात अख्तियारको नियन्त्रणमा लिइएएका महोत्तरीका एक प्रहरी सहायक निरीक्षक (असर्इ) फरार भएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय बर्दिवासबाट खटिएको टोलीले बुधबार दिउँसो रङ्गेहात नियन्त्रणमा लिएका महोत्तरी औरही प्रहरी चौकीका असर्इ रामनरेश साह फरार भएका हुन् । औरहीस्थित नवदुर्गा सः मिलबाट अख्तियारको टोलीले नियन्त्रणमा लिए तापनि स्थानीयवासीले अवरोध गर्दा प्रहरी सहायक निरीक्षक साह अख्तियारको नियन्त्रणबाट भागेका हुन् ।

महोत्तरीका प्रहरी उपरीक्षक ईश्वर कार्कीले जनाए अनुसार असर्इ अहिले सम्पर्कविहीन रहेका छन् । औरहीमा सुरक्षा व्यवस्था कडा बनाइएको प्रहरीले जनाएको छ । अख्तियारको फन्दाबाट फरार भएका असर्इ साहको खोजी तीव्र रुपमा अगाडि बढाइएको प्रहरी उपरीक्षक कार्कीले जनाएका छन् ।

बर्दिवासस्थित कार्यालयबाट गएको पाँच–छ जनाको टोलीले प्रहरी चौकीमा कार्यरत असर्इ साह र नवदुर्गा सः मिलका सञ्चालक दिनेश साहलाई नियन्त्रणमा लिएलगत्तै स्थानीयवासीले अवरोध गरेका थिए । हाल दुवै जना नियन्त्रणबाहिर रहेको प्रहरी स्रोतले जनाएको छ । अख्तियारको टोलीसँग गएका प्रहरीले सः मिलमै गई त्यसका सञ्चालक दिनेश साह र असई साहलाई नियन्त्रणमा लिएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर