newskoseli.Com

९ किलो लागूऔषधसहित २ जना पक्राउ

जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय गजुरीको टोलीले बिहीबार दिउँसो ९ किलोग्राम प्रतिबन्धित लागूऔषध सहित दुई जनालाई पक्राउ गरेको छ ।

गजुरी गाउँपालिका– ५, देउरालीमा विशेष सुराकीको आधारमा प्रहरीले शङ्का लागि जाँच गर्दा प्रतिबन्धित लागूऔषध चरेस बनाउन प्रयोग गरिने ९ किलोग्राम धुलो ६ वटा पोकामा राखिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।

बा २५ प ५२९३ नम्बरको पल्सर मोटरसाइकलमा सवार बेनिघाट रोराङ गाउँपालिका– १, सुन्दरनागीका ३५ वर्षीय विकास तामाङ र सोही स्थान निवासी मोटरसाइकल चालक २१ वर्षीय मनिस लामालाई मोटरसाइकल सहित पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

उनीहरुले चरेस बनाउने धुलो पाउडर लगेर लागूऔषध बनाउन लागेको सूचना पाएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो । पक्राउ गरिएका दुवै जनालाई लागूऔषध नियन्त्रणसम्बन्धी ऐनअनुसार मुद्दा चलाइने जानकारी प्रहरीले दिएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर