newskoseli.Com

फेरि ४ दिन देशभर वर्षा र हिमपात हुने !

पश्चिमी वायुको प्रभावले आइतबार (आज) देखि देशका अधिकांश भूभागमा वर्षा र हिमपात हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शनिबार रातिदेखि प्रवेश गरेको पश्चिमी वायुको प्रभावले आइतबार मुलुकको अधिकांश भूभागमा आंशिकदेखि पूर्ण बदली रही देशको मध्य र पूर्वी पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिइन् ।

उनका अनुसार नेपाल प्रवेश गरेको पश्चिमी वायुको प्रभाव क्रमशः बढ्दै गएकाले आइतबार र सोमबार देशभर मौसम आंशिकदेखि पूर्ण बदली रही मङ्गलबार रातिदेखि बुधबार दिनभरि नै पानी पर्ने सम्भावना रहेको छ । आइतबार काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा एकछिन घाम लाग्ने र एकछिन बदली हुने भइरहेको मौसमविद् कँडेलले बताइन् ।

आइतबार मध्याह्नदेखि तीन दिनसम्म देशको मध्य र पूर्वी पहाडी भूभागका एक–दुई स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाको पछिल्लो विवरणअनुसार आइतबार काठमाडौंको अधिकमत तापक्रम २५.५ डिग्री र न्यूनतम तापक्रम ६.८ डिग्री सेल्सियस रहेको छ । त्यस्तै, सबैभन्दा बढी विराटनगरको अधिकमत तापक्रम २८.४ डिग्री सेल्सियस रहेको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर