newskoseli.Com

मन्त्री अधिकारीसहित सातै जनाको शव काठमाडौंमा, श्रद्धाञ्जलिका लागि टुँडिखेलमा

बुधबार ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सबै सात जनाको शव काठमाडौं ल्याइएको छ ।

शव राजधानी ल्याइँपुर्‍याइँदा उपप्रधानमन्त्री र्इश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, यातायातमन्त्री रघुवीर महासेठ, संघीय मामिला तथा स्थानीय विकासमन्त्री लालबाबु पण्डित, अर्थमन्त्री डा. युवराज खतिवडा, कानुनमन्त्री भानुभक्त ढकाललसहितका नेता–कार्यकर्ता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगे ।

उनीहरुको शव पोस्टमार्टमका लागि विमानस्थलबाट सिधै त्रिवि शिक्षण अस्पताल लगियो । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले दिएको जानकारीअनुसार अधिकारीको शव पोस्टमार्टमलगत्तै श्रद्धाञ्जलिका लागि टुँडिखेलमा राखेर साँझ पोखरा पुर्‍याइँनेछ ।

यसैबीच, मन्त्री तथा नेकपाका केन्द्रीय सदस्य रवीन्द्र अधिकारीसहित सबै मृतकको शव श्रद्धाञ्जलिका लागि अपराह्न ३ बजेदेखि सैनिक मञ्च टुँडिखेलमा राखिने भएको छ । बिहीबार बसेको नेकपा केन्द्रीय सचिवालयको बैठकका निर्णय सार्वजनिक गर्दै महासचिव विष्णुप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा पोस्टमार्टम सकेपछि श्रद्धाञ्जलिका लागि पार्थिव शरीर सैनिक मञ्चमा राखिने जनाइएको छ ।

उनीहरुको शव सुकेटारस्थित विमानस्थलबाट सेनाको हेलिकप्टरमार्फत राजधानी ल्याइएको हो । सेनाको हेलिकोप्टर बुधबारै सुकेटार विमानस्थल पुगे पनि मौसमी प्रतिकूलताका कारण बिहीबार मात्रै शव राजधानी ल्याउन सम्भव भएको हो ।

मन्त्री अधिकारीको अन्त्येष्टि उनको गृहजिल्ला कास्कीमै गरिने भएको छ । कास्की– २ बाट संघीय संसदमा निर्वाचित अधिकारीको शव गृहनगरमा श्रद्धाञ्जलिका लागि शुक्रबार बिहान ८ बजेदेखि पोखरास्थित प्रदर्शनी केन्द्रमा राखिने जानकारी उनका स्वकीय सचिव राजेन्द्र आचार्यले दिएका छन् । शुक्रबारै राजकीय सम्मानका साथ पोखरामा अधिकारीको अन्त्येष्टि गर्ने निर्णय मन्त्रिपरिषदले बुधबारै गरिसकेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर