वरिष्ठ पत्रकार मुरारीप्रसाद गौतमको शनिबार राति ६९ वर्षको उमेरमा निधन भएको छ ।
मुटुसम्बन्धी रोगबाट पीडित ‘रहस्य’ साप्ताहिकका प्रकाशक–सम्पादक गौतमको उपचारकै क्रममा काठमाडौंस्थित ग्राण्डी अस्पतालमा निधन भएको हो ।
नेपाल पत्रकार महासङ्घले आइतबार शोक–विज्ञप्ति प्रकाशित गर्दै पत्रकार गौतमको निधनप्रति दुःख व्यक्त गर्नुका साथै दिवंगत पत्रकार गौतमप्रति श्रद्धाञ्जलि अर्पण गर्नुका साथै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ ।
महासङ्घका महासचिव रमेश विष्टद्वारा हस्ताक्षरित शोक–विज्ञप्तिमार्फत गौतमको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक अनुभवी र निर्भीक पत्रकारलाई गुमाएको उल्लेख गरिएको छ ।