newskoseli.Com

विप्लवका १७ कार्यकर्ता सुतिरहेकै ठाउँबाट प्रहरीद्वारा कर्‍याप्प

शनिबार राति घरमा सुतिरहेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका १७ कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला कमिटीका सदस्य रञ्जितसिंह ठकुरीसहित १३ पुरुष र ४ महिला कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको हो । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका– १०, कार्कीटारबाट एक व्यक्तिको घरमा सुतिरहेको अवस्थामा उनीहरुलाई राति नियन्त्रणमा लिइएको हो ।

उनीहरुलाई राज्य विरुद्धको अपराध अनुसार मुद्दा चलाइने बताइएको छ । थप अनुसन्धानका लागि आइतबार जिल्ला अदालतबाट १० दिनको म्याद थप भएको प्रहरी उपरीक्षक मुकुन्द मरासिनीले जानकारी दिएका छन् ।

उनीहरुको साथबाट सैन्य तालिम गराउने दस्तावेज, चन्दा सङ्कलनको लेटरप्याड, सरकारविरुद्धको पर्चा–पम्पलेटलगायतका कागजात बरामद गरिएको दावी प्रहरीले गरेको छ । जिल्लाका व्यवसायी, क्रसर उद्योग, कर्मचारी, शिक्षकलगायतबाट चन्दा असुली गरेको पाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर