newskoseli.Com

रक्षामन्त्रीले प्रधानमन्त्रीलाई बुझाए ‘सुरक्षानीति परिमार्जन प्रतिवेदन’

राष्ट्रिय सुरक्षा नीति परिमार्जन उच्चस्तरीय समितिले सोमबार आफ्नो प्रतिवेदन प्रधानमन्त्री एवं राष्ट्रिय सुरक्षा परिषदका अध्यक्ष केपी शर्मा ओलीसमक्ष हस्तान्तरण गरेको छ ।

२०७३ मा जारी भएको सो नीतिमा समयानुकूल परिमार्जनका लागि गठित समितिका संयोजक उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले प्रधानमन्त्री निवास बालुवाटारमा सो प्रतिवेदन हस्तान्तरण गरेका हुन् । सो अवसरमा प्रधानमन्त्री ओलीले नेपालको द्वन्द्व व्यवस्थापन तथा शान्ति स्थापनामा नेपाली सेनाले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै राष्ट्रिय सुरक्षाको सबैभन्दा बलियो किल्ला जनता नै भएकाले राष्ट्र एकीकरणका क्रममा निर्माण भएको नेपाली सेनाले अन्तर्राष्ट्रिय शान्ति स्थापनार्थ योगदान पुर्‍याउँदै आएको कुरा प्रशंसनीय रहेको बताए ।

प्रतिवेदन बुझाउँदै नेपालको संविधानको मर्म र भावना तथा संविधानका निर्देशक नीतिहरुलाई मुख्य आधार मानेर परिवर्तित सन्दर्भ अनुरुप मस्यौदा तर्जुमा गरिएको उपप्रधानमन्त्री पोखरेलले बताए । राष्ट्रिय सुरक्षा परिषदले सो नीति परिमार्जनको आवश्यकता महसुस गर्दै असोज ५ गते ७ सदस्यीय ‘राष्ट्रिय सुरक्षा नीति, २०७३ उच्चस्तरीय परिमार्जन समिति’ गठन गरेको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर