newskoseli.Com

गाउँपालिकाको छतबाट खसेर मुक्तेश्वर मन्दिरका पुजारीको मृत्यु

फाइल तस्बिर

गाउँपालिका कार्यालयको छतबाट खसेर बेथानचोक गाउँपालिका– २, नयाँवस्तीस्थित मुक्तेश्वर महादेव मन्दिरका ४२ वर्षीय पुजारी हरिप्रसाद तिमल्सिनाको मृत्यु भएको छ ।

उपचारार्थ धुलिखेल अस्पताल लैजाँदै गर्दा पुजारी तिमल्सिनाको मङ्गलबार राति बाटामै मृत्यु भएको प्रहरी चौकी ढुङ्खर्कका प्रहरी सहायक निरीक्षक कृष्ण थापाले जानकारी दिए । उनका अनुसार पुजारी तिमल्सिना मन्दिरसँगै रहेको गाउँपालिका कार्यालयको माथिल्लो तलामा बस्दै आएका थिए ।

पुजारी तिमल्सिना छतबाट खसेको मन्दिर नजिकै आगो तापेर बसेका स्थानीयवासीले देखेका थिए । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । केही वर्षअघि वृद्धाश्रम सञ्चालन गरिएको उक्त भवनमा अहिले गाउँपालिकाको कार्यालय बसेको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर