newskoseli.Com

मन्त्रीसहितको हेलिकप्टर दुर्घटनामा हराएको पेस्तोल भेटियो

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित चढेको एयर डाइनेस्टीको हेलिकप्टर ताप्लेजुङको फुङ्लिङ नगरपालिका– १० स्थित तारेभीरको जङ्गलमा दुर्घटना हुँदा हराएको नेपाली सेनाको पेस्तोल फेला परेको छ ।

फागुन १५ मा हेलिकप्टर दुर्घटना हुँदा उनका अङ्गरक्षक नेपाली सेनाका जमदार अर्जुन घिमिरेले बोकेको नाइन एमएमको पेस्तोल हराएको थियो । ताप्लेजुङको अस्थायी प्रहरी चौकी माथिल्लो फेदी र नेपाली सेनाको टोली घटनास्थलमा गई खोजी गर्ने क्रममा उक्त पेस्तोलसहित दुई थान म्याग्जिन, तीन थान साबुत गोली, तीन वटा खोका र मोबाइल जलेको अवस्थामा फेला परेको प्रहरीले बुधबार जानकारी दिएको छ ।

सो दुर्घटनामा मन्त्री अधिकारी र जमदार घिमिरेसहित सात जनाको निधन भएको थियो । तेह्रथुमको एक कार्यक्रम सकेर पाथीभरा हुँदै काठमाडौं फर्कने क्रममा खराब मौसमका कारण हेलिकप्टर दुर्घटनामा परेको प्रहरीले जनाएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर