newskoseli.Com

सीके राउतलाई रिहा गर्न सर्वोच्चको आदेश, भन्यो– ‘दसी प्रमाण फेला परेन’

राज्य विरुद्ध सङ्गठित अपराधको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका डा. सीके राउत भनिने चन्द्रकान्त राउतलाई तारेखमा छाड्न सर्वोच्च अदालतले आदेश जारी गरेको छ ।

प्रधान न्यायाधीश चोलेन्द्रशमशेर राणा र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले राउतलाई तारेखमा रहेर मुद्दा खेप्न पाउने गरी आदेश जारी गरेको हो । आदेशमा भनिएको छ– ‘निजबाट अपराधसँग सम्बन्धित दसी प्रमाण केही फेला परेको देखिँदैन, पुर्पक्षका लागि थुनामा राख्नु परेन, तारेखमा राखी मुद्दामा पुर्पक्ष गर्न दिनू ।’

देशलाई टुक्र्याउनेलगायत राज्य विरुद्धको अपराधमा राउतलाई जिल्ला अदालत रौतहटले मङ्सिर २० मा पुर्पक्षका लागि थुनामा पठाएको थियो । उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जले माघ ३ मा जिल्ला अदालतकै आदेशलाई सदर गरेको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर