उदयपुर गढी गाउँपालिकाको मदन भण्डारी लोकमार्ग खण्डको नेपालटारमा शनिबार बिहान ट्रिपरले मोटरसाइकलाई ठक्कर दिँदा मोटरसाइकलको पछाडि सवार एक जनाको मृत्यु हुनुका साथै मोटरसाइकलका चालक गम्भीर घाइते भएका छन् ।
उदयपुर गढी गाउँपालिका– ७ का वासिन्दा ४८ वर्षीय बलबहादुर मगरको मृत्यु भएको छ भने मगरकै छोरा मोटरसाइकल चालक सुजन गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मदन भण्डारी लोकमार्ग अन्तर्गत सडक निर्माणमा काम गर्ने ना १ क ८३४७ नम्बरको ट्रिपरले बा ९३ प ९४३२ नम्बरको मोटरसाइकललाई नेपालटार नजिकै ठक्कर दिएको थियो ।
घाइते सुजनलाई जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि विराटनगरस्थित न्युरो अस्पताल पठाइएको प्रहरीले जनाएको छ । ट्रिपर चालकको खोजी भइरहेको बताइएको छ । ट्रिपर चालककले नभर्इ सहचालकले चलाएका कारण दुर्घटना भएको हुँदा चालक लुकेर बसेको हुन सक्ने नेपालटारका स्थानीयवासी राजन राउतले बताएको खबर राससले प्रेषित गरेको छ ।