newskoseli.Com

गगन थापाको विरोधाभाष : ‘सभापतिले गुट बनाउन मिल्दैन, अरुले बनाउँदा हुन्छ’

नेपाली काङ्ग्रेसका युवानेता तथा सांसद गगनकुमार थापाले सभापतिले गुट बनाउन नमिल्ने तर अरुले बनाउन मिल्ने अभिव्यक्ति दिएका छन् ।

पार्टीभित्र देखिएका गुट–उपगुट अन्त्य गर्नुपर्ने बताउँदै सांसद थापाले भने– ‘पार्टीको सभापति सबैको सभापति हो, उहाँ सभापति नहुँदा गुट–उपगुट बनाउन मिल्छ तर सभापति हुँदा पनि गुट बनाउनु विधानविपरीत हुन्छ त्यसैले त्यसको अन्त्य गरिनुपर्छ ।’

सङ्घीय संसद्, प्रतिनिधिसभाको आइतबारको बैठकपछि पत्रकारसँग कुरा गर्दै नेता थापाले स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा. चन्द्रकान्त (सीके) राउत समूहसँग सरकारले गरेको सम्झौताप्रति आपत्ति जनाए । ‘सहमतिपत्र सार्वजनिक गर्ने क्रममा प्रधानमन्त्री र नेकपाका अन्य नेताहरु समेत आफैं सहभागी हुनुभएको छ, त्यस बारेमा सरकारले चित्तबुझ्दो जवाफ दिनुपर्छ’– उनले भने ।

सरकारको तर्फबाट गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र स्वतन्त्र मधेश गठबन्धनको तर्फबाट संयोजक डा. चन्द्रकान्त (सीके) राउत ले
शुक्रबार ११ बुँदे सहमतिपत्रमा हस्ताक्षर गरेका थिए ।

राष्ट्रियसभाका सांसद् रामनारायण विडारीले भने सहमति सकारात्मक भएको दावी गर्दै त्यसमा समाविष्ट अन्तर्वस्तुहरु समेत संवैधानिक भएको बताए । ‘भ्रम छर्ने तरिकाले अर्थ लगाउन खोजिएको छ, ती आशंका र आरोप मात्र हुन् किनभने स्वाशासन भनेको संविधानबाट प्राप्त अधिकार हो, त्यो कुरा संविधानको प्रस्तावनामै छ’– उनले भने । सांसद विडारीका अनुसार सहमतिमा उल्लेख गरिएको जनअभिमत भन्ने शब्दलाई पनि अपव्याख्या गर्न खोजिएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर