newskoseli.Com

सञ्चार माध्यमप्रति विप्लवको दुःखेसो : विज्ञप्ति निकालेरै गरे ‘अमूर्त खण्डन’

फाइल तस्बिर

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले उक्त पार्टी र त्यसका गतिविधिबारे सञ्चार माध्यमहरुमा आएका समाचार–सामग्रीप्रति दुःखेसो प्रकट गर्दै आफ्नाबारे प्रकाशित–प्रशारित समाचारहरुको ‘अमूर्त ढंगले खण्डन’ गरेको छ ।

‘केही दिन अघिदेखि नेपालका कर्पोरेट हाउसहरुद्वारा सञ्चालित सञ्चार मिडियाहरुबाट हाम्रो पार्टी, क्रान्तिकारी आन्दोलन र नेताहरुका बारेमा असत्य, अस्वाभाविक र भ्रामक समाचारहरु योजनाबद्ध तरिकाले सम्प्रेषित भैरहेका छन्,’ सो पार्टीका महासचिव विप्लवले बिहीबार प्रेषित गरेको विज्ञप्तिमा भनिएको छ– ‘पार्टीका विरुद्ध हुँदै नभएका कपोलकल्पित समाचार सम्प्रेषण गर्नु वास्तवमा पत्रकारिता हुँदैन । म्यानुफ्याक्चरिङ कन्सेन्टको नीतिका आधारमा लगानी र विज्ञापन बढाउन कसैको निर्देशन र दबावमा यस्ता समाचार उत्पादन गर्नु ठीक होइन ।’

फागुन २८ यता नेपाल सरकारले विप्लव नेतृत्वको उक्त पार्टी र त्यसका गतिविधिमाथि ‘प्रतिबन्ध’ लगाएको छ । सो पार्टीलाई सहयोग पुग्ने कोणबाट समाचार–सामग्री सम्प्रेषण नगर्न सरकारका जिम्मेवार पदाधिकारीहरुले पटक–पटक उर्दी जारी गर्दै आएका छन् । सो पार्टी र त्यसका गतिविधिलाई जुनसुकै तवरमा सहयोग गर्नेमाथि समेत कारबाही गर्ने धम्की सरकारी पदाधिकारीहरुले दिँदै आएका छन् ।

यसै पृष्ठभूमिमा सो पार्टीका स्थायी समिति सदस्य एवं प्रवक्ता र महासचिव विप्लवबीच खटपट बढेको, प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ कारबाहीमा परेको, हालै राज्यले पक्राउ गरेका अर्का स्थायी समिति सदस्य हेमन्तप्रकाश वली ‘सुदर्शन’ का व्यक्तिगत मामिला र चरित्र, विप्लव नेतृत्वको सो पार्टीले प्रहरीमाथि फायर नै गरेर प्रत्याक्रमण गरेको आदिजस्ता समाचार सामग्री सञ्चार माध्यममा प्रकाशित–प्रशारित हुँदै आएका छन् । अझ केही मिडियाले त अब हतियार बोकेर सरकारसमक्ष आत्मसमर्पण गर्नुको कुनै विकल्प विप्लवसँग बाँकी नरहेको भन्नेजस्ता सामग्री समेत प्रकाशित गरेका छन् ।

तर, महासचिव विप्लवद्वारा बिहीबार प्रकाशित ‘खण्डन–विज्ञप्ति’ यी तमाम विषयप्रति पूर्णतः मौन छ । उनले अस्पष्ट भाषाशैलीमा एकमुष्ठ र अमूर्त खण्डन त गरेका छन् तर कुन–कुन विषय–प्रसंग गलत हुन् र आपत्तिजनक ठानिएका हुन् भन्ने कुरा प्रष्ट्याएका छैनन् ।

यस्तो छ विप्लवद्वारा प्रेषित खण्डन–विज्ञप्ति–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर