तालिबान लडाकु समूह र सुरक्षाकर्मीबीच बिहीबार भएको झडपका क्रममा अफगानिस्तानको दक्षिणी प्रान्त जाबुलमा कम्तिमा सात प्रहरी मारिएका छन् । प्रान्तीय परिषदका प्रमुख आता जान हक्बायनले उक्त जानकारी दिनु भएका हुन् ।
जाबुल प्रान्तको सिआरी जिल्लामा उक्त झडप भएको बताइएको छ । विस्तृत विवरण भने अझै प्राप्त भएको छैन । अफगानिस्तानमा सन् २०१४ को डिसेम्बरबाट ‘अफगान युद्ध’ सकिएको घोषणा गर्दै नेटो आबद्व प्रायः संयुक्त सेनाले अफगानिस्तान छाड्योपछि अफगानिस्तानको सुरक्षाको सम्पूर्ण जिम्मा अफगान सुरक्षा बलमाथि आएको थियो ।
यसपछि अफगान सुरक्षा बलको हताहति सङ्ख्या बढेको बताइन्छ । अफगानिस्तानमा तालिबान आतङ्ककारी समूहले अफगान सुरक्षा बल र सरकारी अधिकारीलाई लक्ष्य गरी बारम्बार आक्रमण गर्दै आएका छन् ।