newskoseli.Com

पत्रकारमाथि मोटरसाइकल चोरीको आरोप ! ५ मोटरसाइकल चोरीको आरोपमा ५ भाइ पक्राउ

विराटनगर महानगरपालिका क्षेत्रबाट विभिन्न समयमा चोरी भएका पाँच थान मोटरसाइल चोरीमा संलग्न भएको आरोपमा पाँच जनालाई पक्राउ गरी सोमबार जिल्ला प्रहरी कार्यालय मोरङले सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा सिरहा लहान नगरपालिका– ६ घर भई विराटनगर– ४ बस्ने विजयकुमार यादव, बुर्जु गाउँपालिका घर भई विराटनगर– ५, बरगाछी बस्ने मनोजुकमार चौधरी, विराटनगर– १४ का अनुज यादव र सोही स्थानका सोनेलाल महतो तथा सिरहा नगरपालिका– २२ का सुनिल यादव रहेका छन् ।

प्रहरीले को ३५ प ९७६३, को २५ प ५२५१, को २८ प ४९७४, को ३५ प ३१२० र नम्बर प्लेट बिनाको पार्टपुर्जा खोलिएको एक थान मोटरसाइकल पनि बरामद गरेको छ । विजयकुमार यादव स्थानीय एक कलेजमा एमबीबीएसका विद्यार्थी हुन् भने चौधरी एक सञ्चार माध्यममा कार्यरत पत्रकार रहेको प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले बताए ।

पक्राउ परेकालाई मुलकी फौजदारी अपराध (संहिता) २०७४ को चोरी कसुरअन्तर्गत मोरङ जिल्ला अदालतबाट म्याद लिई अनुसन्धान थालिएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर