newskoseli.Com

राष्ट्रपति र प्रधानमन्त्रीको ‘अशोभनीय’ तस्बिर पोस्ट गर्ने दुई युवक पक्राउ

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको तस्बिर अमर्यादित र अशोभनीय ढङ्गले राखेर सामाजिक सञ्जालमा पोस्ट गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले दुई जनालाई पक्राउ गरेको छ ।

सामाजिक सञ्जालमा राष्ट्रपति तथा प्रधानमन्त्रीको तस्बिर अमर्यादित तथा अशोभनीय तरिकाले पोस्ट गरेको आरोपमा पाल्पाका २२ वर्षीय निर्मल गैरे र रुपन्देहीका २३ वर्षीय यमप्रसाद पन्थीलाई ब्युरोको टोलीले पक्राउ गरेको हो ।

विद्युतीय कारोबार ऐनविपरीत कार्य गरेकाले गैरेलाई भक्तपुरबाट र पन्थीलाई चितवनबाट चैत १३ मा पक्राउ गरी सोमबार सार्वजनिक गरिएको जानकारी ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले दिएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर