newskoseli.Com

विप्लव नेकपाका ५४० नेता–कार्यकर्ता पक्राउ

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका ५ सय ४० नेता तथा कार्यकर्तालाई पक्राउ गरिएको नेपाल प्रहरीले पुष्टि गरेको छ ।

विभिन्न घटनामा संलग्न रहेको भन्दै प्रहरीले वैशाखदेखि हालसम्म देशका विभिन्न भागबाट उनीहरूलाई पक्राउ गरेको हो । वैशाखमा ६१, जेठमा ६१, असारमा ५२, साउनमा ४८, भदौमा ४२, असोजमा ३३, कात्तिकमा २, मङ्सिरमा ४, पुसमा १२, माघमा २३, फागुनमा ७३ र चैतमा १ सय ४ गरी ५ सय ४० नेता तथा कार्यकर्तालाई पक्राउ गरिएको जानकारी प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले दिएका हुन् ।

पक्राउ परेकासँग प्रहरीले चन्दा संकलनको लेटरप्याड, सरकारविरूद्धका पर्चा–पम्पेट, सैन्य तालिम गराउने दस्तावेजलगायतका सामग्री समेत बरामद गरिएको दावी प्रहरीले गरेको छ । राज्यविरूद्धको गतिविधि गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिएको प्रवक्ता सुवेदीले बताएका छन् ।

‘पक्राउ परेकालाई अनुसन्धान गरेर केहीलाई छाडेका छौं र केहीलाई विभिन्न कसुरअन्तर्गत मुद्दा चलाएका छौं’– उनले भने । फागुनमा विप्लव नेतृत्वको नेकपाले ललितपुरमा गराएको बम विष्फोटबाट एक जनाको निधन भएको थियो भने यसभन्दा पहिले पनि दुई जनाको मृत्यु भएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर