नेपालकै ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले आफ्ना कर्पोरेट ग्राहकहरुका लागि इन्टरनेट प्रयोगमा थप सुरक्षा प्रदान गर्न ‘सेफ नेट’ सेवा उपलब्ध गराउने भएको छ ।
विगत २३ वर्षदेखि उच्चस्तरीय र भरपर्दो इन्टरनेट सेवा दिँदै आएको वर्ल्डलिंकले केही वर्षअघि रिटेल ग्राहकका लागि ‘सेफ नेट’ सुविधा उपलब्ध गराउँदै आएको थियो । उक्त सेवालाई अब विस्तार गरी कर्पोरेट ग्राहकका लागि पनि उक्त सेवा सुचारु गराएको छ । रिटेल ग्राहकबाट आएको राम्रो प्रतिक्रियालाई मध्यनजर गरेर यसलाई कर्पोरेट ग्राहकमाझ पनि ल्याइएको वर्ल्डलिंकले जनाएको छ ।
कर्पोरेट भर्जनको ‘सेफ नेट’ सेवामा कन्टेन्ट फिल्टरिङ, फायरवाल, सेफ ब्राउजिङ, एन्टिभाइरस र समय व्यवस्थापनलगायतका सुरक्षा सुविधा उपलब्ध रहेको छ । यसको प्रयोगले इन्टरनेटको सही सदुपयोग गरी कम्पनीको विकासमा मद्धत पुर्याउने विश्वास कम्पनीले लिएको छ । यो सेवा कम्पनीको भ्यालु एडेड सर्भिस अन्तर्गत पर्ने भएकाले यो सेवा वर्ल्डलिंकका ग्राहकले मात्रै प्रयोग गर्न सक्नेछन् ।