newskoseli.Com

बाबुराम भट्टराई र उपेन्द्र यादवको पार्टीबीच एकता : २३ गते नयाँ पार्टी घोषणा

जातीय, वर्गीय, लैंगिक र क्षेत्रीय असमानता, विभेद र शोषण अन्त्य गरी समृद्धिका लागि भूमिका निर्वाह गर्ने

डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपाल र उपेन्द्र यादव तथा अशोक राईले नेतृत्व गरेको संघीय समाजवादी फोरम नेपालबीच पार्टी एकताको सहमति भएको छ ।

नयाँ शक्तिका संयोजक डा. भट्टराई तथा फोरमका अध्यक्ष यादवले शनिबार संयुक्त विज्ञप्ति जारी गर्दै सोमबार (२३ वैशाखमा) राजधानीस्थित प्रज्ञा प्रतिष्ठानको सभाकक्षमा आयोजित कार्यक्रममार्फत ‘समाजवादी पार्टी, नेपाल’ नामक एकीकृत नयाँ पार्टीको घोषणा गरिने जनाएका छन् ।

शुक्रबार राति अबेरसम्म चलेको दुवै पार्टीका शीर्ष नेताहरुको संयुक्त बैठकमा पार्टी एकताका नीति, विधि, जिम्मेवारीको बाँडफाँट र कार्यक्रमबारे सहमति भई पार्टी एकताको सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

एकतापछि बन्ने नयाँ पार्टीको आधारभूत नीतिका रुपमा ‘संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै नेपाली समाजमा विद्यमान जातीय, वर्गीय, लैंगिक र क्षेत्रीय असमानता, विभेद र शोषण अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको समृद्धिका लागि भूमिका निर्वाह गर्ने’ कुरा नेताद्वयद्वारा हस्ताक्षरित संयुक्त प्रेस विज्ञप्तिमा उल्लेख छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर