newskoseli.Com

अमादिया संघले गर्‍यो ‘विश्व शान्ति सम्मेलन’

संसारभर मा बढ्दै गैरहेको अशान्तिलाई न्यूनीकरण गर्दै विश्वभर शान्ति स्थापनार्थ ‘अमादिया संघ नेपाल’ ले ‘शान्ति सम्मेलन’ सम्पन्न गरेको छ ।

शान्ति सम्मेलनमा विभिन्न धर्म–सम्प्रदायका अगुवाका साथै राजनीतिक–सामाजिक जीवनमा ख्याति प्राप्त व्यक्तित्वहरुले सहभागिता जनाए । प्रतिनिधिसभा सदस्य अञ्जना विशंखे, मानवअधिकारकर्मी कपिल श्रेष्ठ, न्यायाधीश गिरिशचन्द्र लाल, चिन्तामणि योगी, नेपाल बौद्ध महासंघका महासचिव कमल भण्डारीलगायतले शान्ति सम्मेलनमा सहभागिता जनाउँदै मन्तव्य प्रकट गरे ।

वक्ताहरुले विश्वमा कसरी शान्ति कायम गर्न सकिन्छ भन्ने विषयमा विभिन्न कोणबाट आआफना धारणा प्रकट गरे । प्रतिनिधिसभा सदस्य विशंखेले शान्ति निरपेक्ष नभई सापेक्ष हुने र क्रान्तिले मात्र शान्तिले निम्त्याउने बताइन् । क्रान्ति र शान्ति एकार्काका परिपूरक भएको उल्लेख गर्दै सांसद विशंखेले नेपालको इतिहासका अनेकौं कालखण्डमा क्रान्ति गरेरै शान्ति स्थापना भएको दृष्टान्त पेस गरिन् । कुनै सम्प्रदाय वा समुदायले आफ्नो हकहितका लागि संघर्ष गरेर मात्र आफ्नो अधिकार सुनिश्चित गर्न सक्ने उनले बताइन् ।

सबै धर्मले स्वीकार गरेका साझा मान्यताहरुलाई आत्मसात् गर्ने हो भने मात्रै पनि विश्वभर शान्ति प्राप्त हुने विश्वास नेपाल बौद्ध महासंघका महासचिव कमल भण्डारीले प्रकट गरे । मानिस–मानिसबीचको इर्श्या र क्रोध नै आशान्तिको स्रोत भएको बताउँदै विश्वभर सबै धर्म, सबै जाति र सबै सम्प्रदायलाई सबैले समान रुपमा हेर्नुपर्ने मानवअधिकारकर्मी कपिल श्रेष्ठले बताए ।

भारतको पञ्जावमा स्थापना गरिएको अमादिया संघले विश्वका धेरै राष्ट्रहरुमा शाखा विस्तार गरी विश्वमा शान्ति कायम गराउने अभियान अघि बढाइरहेको दावी आयोजकहरूले गरे । २०५२ मा नेपालमा यसको शाखा दर्ता गरिएको गुरु रुलामका सजिल अहमतले जानकारी दिए । नेपालका ४ वटा प्रदेशमा आफ्नो शाखा विस्तार गरिसकेको जानकारी उनले दिए ।

देशका विभिन्न स्थानमा विद्यालय निर्माण, स्वास्थ्य शिविर सञ्चालन तथा प्राकृतिक विपत्तिमा परेकाहरुलाई राहत वितरणलगायतका समाजिक काम गर्दै आएको संस्थाले जनाएको छ । १२ र २९ वैशाख, २०७२ को भूकम्पका बेला यस संस्थाले गोरखामा स्वास्थ्य शिविर सञ्चालन गरेको थियो भने हालै बारा–पर्सामा आएको हावाहुरीबाट पीडितहरुको उद्धारमा समेत सक्रिय सहभागिता जनाएको थियो ।

शनिबार राजधानीमा सम्पन्न ‘शान्ति सम्मेलन’ को अध्यक्षता संस्थाका राष्ट्रिय अध्यक्ष कमल होदा अन्सारीले गरे ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर