newskoseli.Com

भियतनाम र कम्बोडिया भ्रमणका लागि उडे प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओली भियतनाम र कम्बोडियाको औपचारिक भ्रमणका लागि बिहीबार अपराह्न त्यसतर्फ प्रस्थान गरेका छन् ।

भियतनामका प्रधानमन्त्री गुएन सुआन फुक र कम्बोडियाका प्रधानमन्त्री सम्देह अक्का मोह सेना पडेइ टेको हुन सेनको निमन्त्रणामा प्रधानमन्त्री ओली ती देशको औपचारिक भ्रमणका लागि प्रस्थान गरेका हुन् । प्रधानमन्त्री ओलीले वैशाख २६ देखि ३० सम्म भियतनाम र वैशाख ३० देखि जेठ १ सम्म कम्बोडियाको भ्रमण गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री ओलीका साथ उनकी पत्नी राधिका शाक्य पनि उतै लागेकी छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सेना, उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेललगायत मन्त्रीगण र उच्चपदस्थ पदाधिकारीहरुले बिदाई गरे । विदाईका क्रममा नेपाली सेनाको टुकडीले प्रधानमन्त्रीलाई सलामी दिएको थियो ।

भियतनाम र कम्बोडियाको भ्रमण सम्पन्न गरेर प्रधानमन्त्री ओली जेठ १ मा स्वदेश फर्कने कार्यक्रम छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर