newskoseli.Com

२०८ म्यानपावर खारेज, ४८ वटाको कारोबार बन्द

तोकिएको समयभित्र कम्पनीको विवरण अध्यावधिक नगरेपछि सरकारले ४८ वटा म्यानपावर कम्पनीको अनलाइन कारोबार बन्द गरिदिएको छ ।

विवरण अध्यावधिक नगरेका कारण वैदेशिक रोजगार विभागले ती म्यानपावरको अनलाइन कारोबार बन्द गरेको हो । इजाजत प्राप्त म्यानपावरको सम्पूर्ण विवरण वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा अध्यावधिक गर्न विभागले वैशाख २३ देखि २९ सम्मको अवधि तोकेर निर्देशन दिएको थियो । उक्त अवधिमा विवरण अध्यावधिक नगर्नेहरुका लागि फेरि जेठ ३ सम्म म्याद थप गरेको थियो । त्यसपछि पनि अटेरी गरेर अध्यावधिक नगर्ने म्यानपारहरुको कारोबार बन्द गरिएको हो ।

कारोबार बन्द भएसँगै ती कम्पनीले वैदेशिक रोजगारीसँग सम्बन्धित कुनै पनि कार्य गर्न पाउने छैनन् । विभागमा १ हजार ५ सय २७ म्यानपावर दर्ता भएका छन् । तीमध्ये अहिले १ हजार २ सय ७२ मात्र सञ्चालनमा छन् । विभागले यसअघि नै नियमविपरीत काम गर्ने २ सय ७ म्यानपावरको दर्ता खारेज गरिसकेको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर