newskoseli.Com

नेपाली भाषा : विद्यालय, अदालत र सञ्चारमा अब एउटै बनाइने

विद्यालय, अदालत र आमसञ्चार माध्यम तीनै क्षेत्रमा नेपाली भाषा एउटै हुनेगरी एकरुपता ल्याइने भएको छ ।

नेपाली भाषाको प्रयोगमा विविधता आएको भन्दै नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित दसौं संस्करण ‘नेपाली बृहत् शब्दकोश’ अनुसार नेपाली भाषामा सबै क्षेत्रमा एकरुपता ल्याउन लागिएको हो । भाषामा एकरुपता ल्याउने विषयमा प्रतिष्ठानले सबै क्षेत्रमा गोष्ठी तथा छलफल अघि बढाइरहेको प्रतिष्ठानका सदस्य सचिव जगतप्रसाद उपाध्यायले बताए ।

‘राष्ट्रिय परीक्षा बोर्डले पनि आफ्नो मातहतका सबै तहमा परिपत्र पठाइसकेको छ’– उनले भने । अब नयाँ प्रकाशन हुने नेपाली पाठ्यपुस्तकहरु पनि शब्दकोशको वर्णविन्यास अनुसार नै तयार पारिने बताइएको छ । ‘नेपाली विषय पढाइ हुने सबै निजी र सरकारी विद्यालयका पाठ्यपुस्तकमा नेपाली भाषामा एकरुपता ल्याइन्छ’– उपाध्यायले भने । शैक्षिक क्षेत्रमा एकरुपता ल्याउन शिक्षा मन्त्रालयले पनि परिपत्र जारी गरिसकेको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर