newskoseli.Com

राजधानीमै सार्वजनिक जग्गा अतिक्रमण गरेर ‘प्लटिङ’ !

भूमाफियाहरूले काठमाडौंको शङ्खरापुर नगरपालिकास्थित इन्द्रायणी र खुलालटारमा सार्वजनिक जग्गा अतिक्रमण गरेर ‘प्लटिङ’ गरेको पाइएको छ ।

नगरपालिकाको वडा नं. ९, खुलालटारमा सार्वजनिक खोल्सो रहेको स्थानमा अतिक्रमण गरी खोल्सामा ह्युमपाइप राखेर निजी जग्गा प्लटिङ गरिएको हो । साँखुका स्थानीयवासी दिलीपकुमार श्रेष्ठ भन्छन्– ‘यो क्षेत्रमा पहिले ठूलो खोल्सो थियो, अहिले ह्युमपाइप राखेर खोल्सो पुर्दै व्यक्तिले सार्वजनिक जग्गा नै प्लटिङ गर्न थालेका छन् ।’

एक्स्काभेटरको प्रयोगले खोल्सो पुरेर प्लटिङ थालिदा समेत सम्बन्धित निकायले बेवास्ता गरेको आरोप स्थानीयवासीले लगाएका छन् । वडा नं. ९, इन्द्रायणीको सानागाउँमा पनि इन्द्राष्णी सामुदायिक वन नै अतिक्रमण गरेर प्लटिङ थालिएको छ । व्यक्तिको निजी जग्गा प्लटिङका लागि सामुदायिक वन मासेर जग्गामा बाटो लगिएको छ ।

अतिक्रमण भएको भन्ने सूचनाका आधारमा इलाका वन कार्यालयले सो क्षेत्रको मुचुल्का समेत उठाएको स्थानीयवासी बताउँछन् । नगरपालिकामा वन तथा सार्वजनिक क्षेत्र अतिक्रमण गरेर प्लटिङ गर्ने भूमाफिया सक्रिय रहेको भन्दै अतिक्रमण गर्नेलाई कारबाही गरी कानुन विपरीतका यस्ता कार्य बन्द गराउन स्थानीयवासीले नगरपालिका समक्ष माग गरेका छन् ।

सार्वजनिक जग्गा अतिक्रमणको विषयमा आफूले सार्वजनिक जग्गा अतिक्रमणको विषयलाई भम्भीरतापूर्वक लिएको वडा नं. ९ का वडाध्यक्ष घनश्याम थापाले गम्भीरतापूर्वक लिएको बताउए । उनले भने– ‘प्लटिङका लागि अतिक्रमण गरेर खोल्सामा राखिएको ह्युमपाइप निकाल्दै छौं ।’ अरु चार–पाँच वटा ह्युमपाइप पनि तत्काल निकाल्ने जानकारी उनले दिए ।

इन्द्रायणी सामुदायिक वन मासेर जग्गा प्लटिङका लागि बाटो लगिनु गलत भएको भन्दै बाटो तत्काल बन्द गर्ने वडाध्यक्ष थापाले बताए । वन मासेर सडक बनाइएको क्षेत्रमा वडा कार्यालयले वृक्षरोपण गर्ने समेत अध्यक्ष थापाले आश्वासन दिएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर