newskoseli.Com

भूकम्प आउँछ भनेर अफवाह फैलाउने ‘ज्योतिषी’ पक्राउ

भूकम्प आउँछ भनेर अफवाह फैलाएको आरोपमा प्रहरीले काठमाडौंको गौशालाबाट बुधबार एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक उत्तमराज सुवेदीका अनुसार जरायोटार, भोजपुर घर भई सिनामङ्गल, काठमाडौं बस्ने अर्जुनकुमार थापा क्षेत्रीलाई पक्राउ गरिएको हो ।

जेठ २९ भित्रमा भूकम्प जान्छ र प्रलय हुन्छ भनेर ‘भविष्यवाणी’ गर्दै हिँडेकाले उनलाई नियन्त्रणमा लिइएको परिसरका प्रवक्ता होविन्द्र बोगटीले बताए । आफू ज्योतिषी हो भन्दै उनले विभिन्न युट्युब च्यानलमा अन्तरर्वार्ता दिँदै भूकम्पको ‘भविष्यवाणी’ गर्दै हिँडेका थिए ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ मा विपद् घटना घट्ने भनेर अफवाह फैलाइ मानिसलाई डर–त्रास देखाउने क्रियाकलाप गरेमा १ लाख रूपैयाँसम्म जरिवाना र ६ महिनासम्म कैदको व्यवस्था रहेको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर