newskoseli.Com

श्रीमतीमाथि बन्चरो हानेर प्रहरीकहाँ आफैं पुगे श्रीमान् !

बाँकेको जानकी गाउँपालिकामा श्रीमानको बन्चरो प्रहारबाट श्रीमती गम्भीर घाइते भएकी छन् ।

जानकी गाउँपालिका– ३, मानपुर निवासी ५९ वर्षीया पञ्चराम हरिजनले शनिबार बिहान ९ बजेतिर ४५ वर्षीया श्रीमती कप्तरा हरिजनमाथि बन्चरो प्रहार गरेको इलाका प्रहरी कार्यालय खजुराखुर्द्धका प्रहरी नायब निरीक्षक राजकुमार सिंहले जानकारी दिएका हुन् ।

उनका अनुसार श्रीमतीमाथि बन्चरो प्रहार गरेपछि पञ्चराम आफैं प्रहरी कार्यालय पुगेका थिए । हरिजनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बन्चरो प्रहारबाट गम्भीर घाइते कप्तराको शिक्षण अस्पताल नेपालगञ्जमा उपचार भइरहेको छ । श्रीमान–श्रीमतीबीच १५ दिनदेखि नै झगडा हुँदै आएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर