newskoseli.Com

दक्षिणतर्फ सर्‍यो न्यूनचापीय मनसुनी रेखा, यस्तो हुनेछ अबको मौसम

न्यूनचापीय मनसुनी रेखा औसत स्थानभन्दा थोरै दक्षिणतर्फ सरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल देशका मध्य र पूर्वी तराईमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने देशका अन्य भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ ।

आगामी २४ घण्टामा देशका मध्य र पूर्वी भागका केही स्थान र पश्चिमी भागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाको पूर्वनुमान छ । पहाडी भूभागमा पहिरो जान सक्ने तथा नदीमा पानीको वहाब सामान्य बढ्न सक्ने हुनाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

आगामी तीन दिनको मौसमी विवरण सार्वाजनिक गर्दै महाशाखाले शनिबार दिउँसो देशभर बदली रही एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा हुने जनाएको छ । शनिबार राति मध्य र पूर्वी भागमा बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा हुनेछ भने पश्चिमी भागमा बदली रही केही स्थानमा वर्षा हुने सम्भावना छ ।

आइतबार दिउँसो देशभर बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा हुने तथा राति सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा हुनेछ भने मध्य तथा पूर्वका पहाडी भेगका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

महाशाखाका अनुसार सोमबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना छ । सोमबार राति देशभर सामान्य बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना छ । पूर्वी पहाडी भेगका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर