newskoseli.Com

दाइलाई खुकुरी हानेर गम्भीर घाइते बनाएपछि भाइले गरे आत्महत्या

आइतबार इलाममा एक व्यक्तिले दाइलाई खुकुरी प्रहार गरेर आत्महत्या गरेका छन् । सन्दकपुर गाउँपालिका– १, झ्याउपोखरीका ४२ वर्षीय बुद्धवीर राईले आफ्नै ६४ वर्षीय दाइ विष्णु राईलाई खुकुरी प्रहार गरेर आफूले आत्महत्या गरेका हुन् ।

घर नजिक रहेको आफ्नै बारीमा घाँस काटिराखेका दाजु विष्णुलाई भाइले आएर एक्कासि खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी हेमन्त भण्डारीले जानकारी दिएका छन् । घाइतेको बाँया आँखामाथि कञ्चटमा काटिएको छ र दाहिने कानको छेउमा बाहिरी चोट लागेको छ ।

घटनालगत्तै पुगेका बन्दुकेस्थित चौकीका प्रहरीको सहयोगमा उनलाई उपचारार्थ इलाम अस्पताल ल्याइएको थियो । इलाममा उपचार सम्भव नभएपछि उनलाई झापातर्फ लगिएको छ । घाइतेको अवस्था गम्भीर रहेको छ ।

खुकुरी प्रहार गर्ने व्यक्तिको खोजतलास गर्ने क्रममा घटनास्थलदेखि करिव तीन सय मिटर पर गोगुनको रुखमा झुन्डिएर आत्महत्या गरेको अवस्थामा बुद्धवीरको शव फेला पारिएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ । शव परीक्षणका लागि इलाम अस्पतालमा ल्याइएको छ । घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर