newskoseli.Com

‘यती हुर्काउने’ सरकारकाे ‘तारिफ’, देश चलाउन पनि उसैलाई दिऊँ : बाबुराम भट्टराई (ट्विटसहित)

पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले रहस्यमय हिमाली जन्तुका रूपमा चित्रित यतीलाई सरकारले हुर्काएकामा व्यंग्यात्मक प्रशंसा गर्दै अब देश नै उसलाई चलाउन दिन सुझाव दिएका छन् ।

समाजिक सञ्जाल ‘ट्विटर’ मा डा. भट्टराईले लेखेका छन्– ‘यतीको खोजीमा वैज्ञानिकहरू आजित भएका बेला हाम्रा प्रधानमन्त्री र उहाँका आसेपासेहरूले उसलाई हुर्काएर यस्तो जब्बर जन्तु बनाइसकेछन्, नेपाल ट्रस्टका पदाधिकारहरूले ‘यती’ नहुने हो भने गोकर्ण फरेस्ट त गौचरन बन्ने ठोकुवा गरेछन् ! उसो भए पूरै देश यतीकै जिम्मा लगाए भैगो !’

व्यापारिक समूह यतीकै भगिनी संस्था गोकर्ण फरेस्ट रिसोर्टलाई काठमाडौंस्थित गोकर्ण वन क्षेत्रको २ हजार ९ सय ७१ रोपनी जग्गा दिइएको र यसरी दिनु कानुनसम्मत थियो भन्दै प्रधानमन्त्रीले बचाउ गरेको सम्बन्धमा डा. भट्टराईले यस्तो व्यंग्य गरेका हुन् । रिसोर्टले सो क्षेत्र उपभोग गर्न पाउने अवधि ६ वर्ष बाँकी छँदै ऐन नै संशोधन गरेर सरकारले २५ वर्षसम्मका लागि लिज अवधि थप्ने निर्णय गरेपश्चात् केही सातादेखि यो सन्दर्भ विवादमा छ । यसरी दिने काम ओली सरकारले नेपाल ट्रस्टमार्फत गरेको हो ।

यसैबीच, गोकर्ण मात्र होइन, पोखराको हिमागृह, दियालो बंगला, फर्पिङसहितका चार ठाउँ रिसोर्ट सञ्चालनका लागि यतीलाई नै लिजमा दिन लागिएको जानकारी नेपाल ट्रस्टका कार्यकारी सचिव गजेन्द्रकुमार ठाकुरले दिएको खबर सोमबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

यस्तो छ डा. भट्टराईको ‘ट्विट’–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर