newskoseli.Com

अग्निप्रसाद सापकोटा सभामुख बन्ने पक्का : ओली–प्रचण्डबीच जुट्याे सहमति

चार महिनाभन्दा लामो रस्साकस्सीपछि अन्ततः पूर्वमाओवादी नेता अग्निप्रसाद सापकोटा संघीय प्रतिनिधिसभाकाे नयाँ सभामुख बन्ने भएका छन् । सत्ताधारी नेकपाभित्र तीव्र विवाद र तानातानको विषय बनेको सभामुख चयन प्रक्रियाले आइतबार निकास पाएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार बिहान नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भएको निर्णायक छलफलपछि पूर्वमन्त्री समेत रहिसकेका सापकोटालाई सभामुखको उम्मेदवार बनाउने सहमति जुटेको हो । ‘दुई अध्यक्षबीच भएको छलफलमा अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने सहमति जुटेको छ,’ स्रोतले न्युजकोसेलीलाई भन्यो, ‘आइतबारै सचिवालय बैठक बस्दैछ, त्यसबाट उहाँको नाम घोषणा हुन्छ ।’

अध्यक्षद्वयबीच सहमति जुटेलगत्तै अपराह्न चार बजे सचिवालय बैठक बस्ने तय भएको छ । आइतबार साँझ नै नयाँ सभामुखको उम्मेदवारका रुपमा सापकोटाको नाम सार्वजनिक गर्ने तयारी भएको स्रोतको भनाइ छ ।

उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले भने पार्टीले सभामुखको उम्मेदवार टुंग्याएलगत्तै आफूले राजीनामा गर्ने बताउँदै आएकी छन् । यद्यपि, सभामुखको उम्मेदवार आफैंलाई बनाउनुपर्ने दबाव उनले दिँदै आएकी छन् । यो पृष्ठभूमिमा अब उपसभामुखले के गर्छिन् भन्नेमा सबैको ध्यान खिँचिएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर