newskoseli.Com

एमसीसीबारे तीन सदस्यीय खनाल समितिले थाल्यो काम

अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे सुझाव दिन सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) द्वारा गठिन कार्यदलले काम सुरु गरेको छ । सो पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको संयोजकत्वमा गठित समितिको आइतबार बसेको बैठकमा एमसीसी सम्झौतासम्बन्धी के–कस्ता विषयको अध्ययन गर्ने भन्नेबारे छलफल भएको पूर्वप्रधानमन्त्री खनालको सचिवालयले जनाएको छ ।

आइतबार सम्पन्न नेकपा केन्द्रीय कमिटीको बैठकले एमसीसीबारे सुझाव दिन वरिष्ठ नेता खनालको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो । सो समितिमा नेता भीमबहादुर रावल तथा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली सदस्य छन् । एमसीसीअन्तर्गत अमेरिकाले नेपाललाई विद्युत् र सडकमा खर्च गर्न ५१ अर्ब रुपैयाँ दिने सम्झौतामा उल्लेख छ । सम्झौतामा एमसीसीलाई सङ्घीय संसदले अनुमोदन गर्नुपर्ने प्रावधान छ । समितिले १० दिनभित्र पार्टीलाई प्रतिवेदन बुझाउनुपर्ने कार्यादेश छ । रासस

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर