newskoseli.Com

बारा–पर्सामा भीषण हावाहुरी : विद्युत अवरुद्ध, अस्पतालकाे आइसोलेसन वार्ड भत्कियाे, घरटहरा उडे

फाइल तस्बिर

बारा–पर्सा–रौतहटमा सोमबार साँझ भीषण हावाहुरी आएको छ । हावाहुरीका कारण ठूलै क्षति भएको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ । ७ बजेपछि चलेकाे हावाहुरीले स्थानीयवासीका थुप्रै घरटहराहरु भत्काएको पर्सा प्रहरीका प्रवक्ता वीरेन्द्रबहादुर शाहीले बताएका छन् ।

हावाहुरीबाट पुगेको क्षतिबारे विवरण संकलन भैरहेको भन्दै त्यसपछि मात्र यकिन विवरण दिन सकिने उनले बताए । नारायणी अस्पतालमा बनाइएको २० बेडको आइसोलेसन वार्ड समेत हावाहुरीले भत्काइदिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिएका छन् । कोभिड– १९ को महामारीलाई मध्यजनर गर्दै केही हप्ता अगाडि बनाइएको आइसोलेसन वार्ड कामै नलाग्ने भएको छ ।

बालीनालीमा व्यापक क्षति पुग्नुका साथै विद्युतका पोल ढलेर बारा–पर्सामा विद्युत सेवा समेत अवरुद्ध भएको छ । केन्द्रीय प्रशारण लाइनमा क्षति नभए तापनि बारा–पर्साका विभिन्न ठाउँमा विद्युत पोल ढलेको जानकारी आएकाले प्राविधिक टोली फिल्डमा खटाइएको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्रका प्रमुख शम्भु कुशियतले जनाएका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर