newskoseli.Com

एक जिल्लाबाट अर्को जिल्ला छिर्न नपाइने : गृहले खारेज गर्‍यो पास

मंगलबार एकै दिन ५७ जनामा कोरोनाभाइरस पुष्टि भएपछि गृह मन्त्रालयले कडा कदम चालेको छ । मंगलबार दिउँसो मन्त्रालयले गरेको निर्णयअनुसार अर्को सूचना नआएसम्म अब नागरिकहरु एक जिल्लाबाट अर्को जिल्ला छिर्न नपाउने भएका छन् ।

जिल्लान्तर हुने गरी हालसम्म जारी भएका पासमध्ये एकबाट अर्को जिल्ला छिर्ने खाले सबै सवारी पास मन्त्रालयले खारेज गरेको छ । सञ्चारकर्मीले भने सूचना विभागद्वारा जारी परिचयपत्रका आधारमा आवतजावत गर्न पाउने मन्त्रालयले जनाएको छ ।

यसअघि सरकारी कर्मचारी, बैंक तथा वित्तीय संस्था, उद्योग, निर्माण सेवालगायतसँग सम्बद्ध व्यक्तिले कार्यालयको परिचयपत्रका आधारमा हिँड्डुल गर्दै आए तापनि अब भने सम्बन्धित नियामक निकायबाट नै पास लिएर मात्रै हिँड्न पाइने भएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर