सोमबार एकै दिन ५३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पछिल्ललो पटक थप ५३ जनामा संक्रमण पुष्टि भएको जानकारी नियमित पत्रकार सम्मेलनमा दिएका हुन् ।
यो विवरणसँगै नेपालमा संक्रमितको कूल संख्या ३५७ पुगेको छ । यीमध्ये २ सय ९८ जना पुरुष तथा ५९ जना महिला छन् । डा. देवकोटाका अनुसार सोमबार बाँकेमा ४६ पुरुष र १ महिला गरी ४७ जनामा संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा सो पुष्टि भएको हो ।
यसैगरी, मोरङस्थित प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा मोरङका १ पुरुष, भैरहवाको प्रयोगशालामा गुल्मीका ४० वर्षीय पुरुष र धुलिखेल अस्पतालको प्रयोगशालामा धनुषाका १, रौतहटका १, दाङका १ र धादिङका १ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
सोमबार बिहान पनि थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । यसरी सोमबारै ६२ जना नयाँ संक्रमितको पुष्टि भएको छ ।
https://www.facebook.com/mohpnep/videos/240877683673767/