नेपालमा कोरोनाभाइरस (कोभिड– १९) का संक्रमितको संख्या ४२७ पुगेको छ । बुधबार २५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएसँगै यो संख्या पुगेको हो ।
बुधबारको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नयाँ संक्रमितहरुको पुष्टि गरेका हुन् । धनकुटा, बाँके, कपिलवस्तु र नवलपरासी पश्चिममा गरी २५ जना संक्रमित थपिएको उनले बताएका छन् ।
यसअघि संक्रमण पुष्टि भएर आइसोलेसनमा रहेकामध्ये मंगलबार र बुधबार गरी १० जना निको भएर घर फर्किएका छन् । डिस्चार्ज हुनेको यो संख्यासँगै नेपालभित्र कोरोनाभाइरस जित्नेहरूको संख्या ४५ पुगेको छ ।