नेपालमा कोरोनाभाइरसका संक्रमितको कूल संख्या ६८२ पुगेको छ । सोमबार अपराह्न थपिएका अछामका ३२ वर्षीय पुरुष, बर्दियाका २२ र २४, १८ वर्षीय पुरुषमा तथा पर्साका १८ वर्षीय र काठमाडौं घर भई बाराको कलैयामा कार्यरत पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जनाएका छन् ।
सोमबारसाढे ४ बजे नियमित मेडिया ब्रिफिङका क्रममा मन्त्रालयले दिएको जानकारीअनुसार बाराको कलैला– ७ का एक जनामा पनि कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ र उपचारका क्रममा केही दिन अघि नै उनको मृत्यु भएको छ ।वीरगञ्जस्थित नेसनल मेडिकल कलेजमा जेठ ४ गते ७० वर्षीय ती पुरुषको मृत्यु भएको थियो ।
यो विवरणसँगै कोरोनाभाइरसबाट नेपालमा मृत्यु हुनेको संख्या ४ पुगेको छ । यसअघि नै सिन्धुपाल्चोकका १, बाँकेका १ र गुल्मीका १ जनाको कोरोनाबाट मृत्यु भैसकेको छ ।
अपडेटः साेमबार साँझसम्म काेराेनाभाइरस जितेर अस्पतालबाट डिस्चार्ज हुनेकाे संख्या ११२ पुगेकाे छ ।
याे पनि पढ्नुहाेस्–
६७५ पुगे संक्रमित : बिहानै थपिए ७२, निको भए १०५, मृत्युकाे ८ दिनपछि वृद्धमा कोरोना पुष्टि
भिडियोमा हेर्नोस् प्रवक्ताको ब्रिफिङ–
https://www.facebook.com/mohpnep/videos/2558587584456892/