newskoseli.Com

१०४२ पुगे संक्रमित : फैलियो ५१ जिल्ला, बिहीबारै थपिए १५६, निको भए १८७ (जिल्लागत सूची र भिडियोसहित)

नेपालमा कोरोनाभाइरसका कूल संक्रमितको संख्या १०४२ पुगेको छ । बिहीबार अपराह्नसम्मको विवरणअनुसार २४ घन्टाबीच १६५ जना नयाँ कोरोना संक्रमितको पुष्टि भएको छ र यो ५१ जिल्लामा फैलिइसकेको छ । यसअघि संक्रमणा पुष्टि भएकामध्ये हालसम्म १८७ जना निको भएर घर फर्किएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता डा. विकास देवकोटाले नियमित मेडिया ब्रिफिङमा दिएको जानकारीअनुसार बिहीबार अपराह्नसम्म कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ । बुधबार राति ललितपुरका एक संक्रमितको मृत्यु भएसँगै यो संख्या पुगेको हो । यसअघि संक्रमित पुष्टि नभएका सोलुखुम्बू, दोलखा, बझाङ र दार्चुला जिल्लामा बिहीबार पहिलो पटक कोरोनाभाइरसका संक्रमित पुष्टि भएसँगै कोभिड– १९ नेपालका ५१ जिल्लामा फैलिएको हो ।

यसअघि नै पर्सा, रुपन्देही, उदयपुर, कपिलवस्तु, बाँके, काठमाडौं, धादिङ, कैलाली, बारा, धनुषा, रौतहट, बाग्लुङ, चितवन, झापा, महोत्तरी, भक्तपुर, बर्दिया, भोजपुर, कञ्चनपुर, नवलपरासी (पश्चिम), सप्तरी, सर्लाही, नवलपुर, मकवानपुर, दाङ, काभ्रे, सिरहा, सिन्धुपाल्चोक, मोरङ, धनकुटा, गुल्मी, खोटाङ, दैलेख, सुनसरी, ललितपुर, लमजुङ, रामेछाप, सिन्धुली, बैतडी, डडेलधुरा, सुर्खेत, नुवाकोट, अछाम, अर्घाखाँची, जुम्ला, स्याङ्जा र रुकुम (पूर्व) मा कोरोनाभाइरसका संक्रमित पुष्टि भैसकेका छन् ।

मन्त्रालयका प्रवक्ता डा. देवकोटाले बिहीबार थप १५६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी दिँदै कोरोना संक्रमणबाट बुधबार ललितपुरका एक जनाको मृत्यु भएको जानकारी दिए । बिहीबारको अध्यावधिक विवरणअनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणबाट सप्तरीका ३२ र ४७ वर्षीय पुरुष गरी २ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ । यसैगरी, कोशी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणबाट १६ देखि ४२ वर्ष उमेरसम्मका झापाका २५ जनामा कोभिड– १९ पोजेटिभ पुष्टि भएको छ ।

त्यस्तै, भरतपुर अस्पतालमा गरिएको परीक्षणबाट नवलपुर जिल्लाका १९ वर्षीय एक पुरुषमा कोरोना पोजेटिभ पुष्टि भएको छ । काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणणबाट ७७ जनामा पोजेटिभ पुष्टि भएको छ । यीमध्ये २ बालबालिका र २ महिला तथा २५ पुरुषसहित धनुषाका २९ जना रहेका छन् । काठमाडौंमा पुष्टि भएका अरूमा महोत्तरीमा १ महिला र १६ पुरुष गरी १५ देखि ४५ वर्ष उमेरसम्मका १७ जना छन् ।

त्यसैगरी, रौतहटका १२ देखि ३० वर्षसम्मका ३ जना पुरुष, सप्तरीका १८ देखि ४२ वर्षसम्मका १२ जना पुरुष, सर्लाहीका १७ देखि २१ वर्षसम्मका ७ जना पुरुष र सिरहाका १४ देखि ४० वर्षसम्मका ६ जना पुरूषमा संक्रमण पुष्टि भएको छ । बिहीबार दोलखाका १९ र २० वर्षीय पुरुष गरी २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोलुखुम्बुका २६ वर्षीय १ पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । बझाङका ५५ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । यी सबै काठमाडौंमा गरिएको परीक्षणबाट पुष्टि भएका हुन् ।

यसैगरी, सुर्खेतमा गरिएको परीक्षणमा ११ देखि ३७ वर्षसम्मका १३ जनामा संक्रमण पुष्टि भएको छ । सुर्खेतकै परीक्षणबाट दैलेखका १७ देखि ४० वर्षसम्मका एक महिला र बाँकी पुरुष गरी ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशमा गरिएको परीक्षणबाट स्याङजाका तीन जनामा कोरोना पुष्टि भएको छ ।

सेती अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणबाट दार्चुलाका २५ वर्षीय पुरुष तथा कैलालीका २५ र ३० वर्षीय पुरुष गरी ३ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ । त्यसैगरी, कीटजन्य प्रयोगशाला हेटौंडामा गरिएको परीक्षणबाट मकवानपुरका ५० वर्षीय पुरुषमा पोजेटिभ देखिएको छ । त्यसैगरी, भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणबाट बर्दियाका ३ जना र १ जना बाँकेका गरी ४ जनामा कोरोना पुष्टि भएको छ । धुलिखेल अस्पतालमा गरिएको परीक्षणबाट रौतहटका १७ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ ।

भिडियोमा हेर्नोस् प्रवक्ता देवकोटाको अपडेट ब्रिफिङ–

https://www.facebook.com/mohpnep/videos/1032220657175033/ 

जिल्लागत विवरण : कहाँ कति संक्रमित, कति निकाे भए, कतिकाे मृत्यु ?

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर