newskoseli.Com

काेराेनाबाट ज्यान गुमाउने ११ पुगे : आरडीटी नेगेटिभ भन्दै फर्काइएका युवकको कोरोनाबाटै मृत्यु

सांकेतिक तस्बिर

नेपालमा कोरोनाभाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ ।बिहीबार सुर्खेतमा मृत्यु भएका २० वर्षीय युवकमा कोरोना पुष्टि भएको जानकारी कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले शुक्रबार बिहान दिएसँगै यो संख्या पुगेको हो ।

बिहीबार मृत्यु भएका पञ्चपुरी नगरपालिका– १, हाँसेगाउँ, सुर्खेतका २० वर्षीय युवकमा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ । सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा‍. लक्ष्मीनारायण तिवारीद्वारा जारी विज्ञप्तिमा जनाइएअनुसार प्रदेश अस्पताल, सुर्खेतरपशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा उनको पीसीआर रिपोर्ट पोजिभिट आएको छ ।

पञ्चपुरी नगरपालिका– ९, विद्यापुर, सुर्खेतस्थित जनता माध्यामिक विद्यालयमा रहेको क्वारेन्टाइनमा जेठ ८ देखि बसेका युवक बुधबार घर गएका थिए । बुधबार गरिएको आरडीटी परीक्षणमा नेगेटिभ रिपोर्ट आएपछि उनलाई घर पठाइएको मन्त्रालयले जनाएको छ ।

बिहीबार बिहान सवा २ बजे उनको मृत्यु भएको हो । मृत्युपछि स्वाब संकलन गरी परीक्षण गर्दा कोरोना संक्रमणको पुष्टि भएको महाशाखा प्रमुख तिवारीले जनाएका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर